बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३

प्रदीप खड्का र सुनिशा भट्टराईको ‘शुभ विवाह’ को सुटिङ सकियो, फागुन २१ मा रिलिज गरिने

सोमबार, असोज १९ २०८३

काठमाडौं, १९ असोज । प्रदीप खड्का र सुनिशा भट्टराईको ‘शुभ विवाह’ को सुटिङ सकिएको छ । सुदर्शन थापाले निर्देशन गरेको चलचित्र ‘शुभ विवाह’ को सुटिङ ४० दिनमै सकिएको हो । लामो समयपछि सुदर्शन थापा र प्रदीप खड्काबीच ‘शुभ विवाह’ मा सहकार्य भएको हो । ‘प्रेम गीत’ पछि सुदर्शनले प्रदीपसँग दोस्रो सहकार्य गरेका हुन् ।

पोखरामा पूजाअर्चनाबाट सुरु भएको छायांकन ४५ दिनको सेड्युल थियो, तर ४० दिनमै प्याकअप भएको छ । चलचित्रमा हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्दकिशोर भट्टराई, कृष्ण ढुंगाना, विशाल पहारी, अन्शु महर्जनलगायतका कलाकारको अभिनय छ ।

‘शुभ विवाह’ को कथा प्रदीप श्रीवास्तव, पटकथा र संवाद रामशरण पाठक, संगीत अर्जुन पोखरेलको छ । ्र चलचित्रको रिलिज फागुन २१ गते हुने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार