आइतबार, असोज ११ २०८३

आइतबार, असोज ११ २०८३

जलसतहले रेकर्ड ब्रेक गरेपछि नारायणी पुलमा गाडी चलाउन प्रतिबन्ध

आइतबार, असोज ११ २०८३

काठमाडौं । चार दिनदेखिको अविरल वर्षापछि( नारायणी नदीमा पानीको बहाव अत्यधिक बढेपछि पुलमा सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । 

नारायणीको बहाव बढेको र अझै बढ्ने क्रम जारी रहेकाले  सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नारायणी पुलमा सवारीसाधन तथा आवतजावतमा समेतमा प्रतिबन्ध लगाइएको हो ।

नारायणी नदीमा निरन्तर पानीको सतह बढिरहेको छ । नदीमा पानीको तह १२ मिटर पुगेको छ ।

नारायणी नदीको पानी अहिले भरतपुर महानगरपालिकाका विभिन्न बस्तीमा पसेर डुबान भएको छ । दर्जनौं घरको आधा आधी पानी पसेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार