शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

सडक ढलानका लागि बेँसीसहर–चामे सडक आज दिनभर पूर्ण रूपमा बन्द हुने

शनिबार, भाद्र २७ २०८३

काठमाडौं । लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडक खण्डअन्तर्गत मनाङको नासो गाउँपालिका–३ धारापानीमा सडक ढलान कार्यका लागि आज बिहान ९:०० बजेदेखि साँझ ५:०० बजेसम्म सडक पूर्ण रूपमा बन्द हुने भएको छ।

मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार धारापानी क्षेत्रमा निर्माणधीन १३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाले करिब ५० मिटर सडक ढलान गर्न लागेकाले आवागमन ठप्प पारिएको हो। सडक साँघुरो भएको र दुवैतर्फ बस्ती रहेकाले ढलानका क्रममा सवारीसाधनका लागि वैकल्पिक मार्ग बनाउन नसकिने भएपछि सडक पूर्ण रूपमा बन्द गर्नु परेको उनले जानकारी दिए।

सूचना अनुसार आज बिहान ९:०० बजेदेखि साँझ ५:०० बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। त्यसपछि साँझ ५:०० बजेदेखि भोलि बिहान १०:०० बजेसम्म भने साना सवारी चले पनि भारी सवारीसाधन (हेभी भेहिकल) सञ्चालन गर्न नपाइने प्रशासनले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार