शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्द्वारा भोटेकोशी बाढीपीडितका लागि संकलित राहत कोषमा जम्मा

शनिबार, भाद्र २७ २०८३

कतार । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडित नेपालीहरूको सहयोगार्थ कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्द्वारा सञ्चालन गरिएको राहत संकलन अभियानबाट संकलित रु. ७ लाख १४ हजार ५८९ प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिएको छ। संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको जानकारी राहत संकलन उपसमितिका सदस्य केदार कुँवरले दिनुभएको हो।

बाढीबाट नेपालमा उत्पन्न दुःखद तथा चुनौतीपूर्ण परिस्थितिप्रति दुःख व्यक्त गर्दै परिषद्ले विश्वभर छरिएर रहेका कस्केली तथा गैर-कस्केली नेपाली समुदायलाई मानवीय सहयोगका लागि अपिल गरेको थियो। सोही अभियानअन्तर्गत गठित राहत संकलन उपसमितिमार्फत विभिन्न राष्ट्रिय समितिहरू तथा सहयोगी मनहरूबाट उक्त रकम संकलन गरिएको परिषद्का उपाध्यक्ष तथा राहत संकलन समितिका संयोजक विकास शाहीले जानकारी दिनुभयो।
संकलित रु. ७,१४,५८९/- राष्ट्रिय वाणिज्य बैंकमा रहेको नेपाल सरकार प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषको खातामा जम्मा गरिएको हो।
परिषद्ले विपद्को यस कठिन घडीमा एकता, सहकार्य र मानवीय सेवाको भावनासहित राहत अभियानमा साथ, सहयोग तथा समन्वय गर्नुहुने सम्पूर्ण राष्ट्रिय समितिहरू, कस्केली तथा गैर-कस्केली नेपाली समुदाय एवं सहयोगी मनहरूप्रति हार्दिक धन्यवाद, कृतज्ञता तथा आभार व्यक्त गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार