आइतबार, भाद्र २१ २०८३

आइतबार, भाद्र २१ २०८३

बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्कासन गर्ने

आइतबार, भाद्र २१ २०८३

काठमाडौं(जस)–बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गर्न लागेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको १० लाख ४० हजार कित्तामध्ये बाँकी रहेको शेयर तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयरपछि थप सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको हो ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । निष्कासन छिटोमा भदौ २५ गतेसम्म र मागअनुसार आवेदन नपरेमा ढिलोमा असोज ५ गतेसम्म खुला रहनेछ । आईपीओको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत दिन सकिनेछ । सोलुखुम्बुमा १९ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको कम्पनीले आईपीओबाट प्राप्त रकम बैंक ऋण भुक्तानीमा उपयोग गर्ने जनाएको छ ।
आईपीओ निष्कासनका लागि इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर डबल बी प्लस’ रेटिङ दिएको छ । कम्पनीको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार सञ्चित नाफा १० करोड ३४ लाख रुपैयाँभन्दा बढी पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ २७ पैसा रहेको छ । नेप्सेमा सूचीकृत भएपछि पहिलो कारोबारका लागि कम्पनीको शेयर मूल्य ९१ रुपैयाँ २७ पैसादेखि २७३ रुपैयाँ ८१ पैसासम्मको रेञ्जमा तोकिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार