काठमाडौं । जेनजी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भ निर्माण कार्यको शिलान्यास सम्पन्न भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको समुपस्थितिमा जेनजी शहीद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले उक्त स्मारक पार्क तथा शालिक र स्तम्भ निर्माण कार्यको शिलान्यास गरेका हुन् ।
शहीदहरूको योगदान र बलिदानलाई स्मरण गर्दै भावी पुस्तासम्म उनीहरूको इतिहास र योगदानलाई जीवन्त राख्ने उद्देश्यले स्मारक पार्क, शालिक तथा स्तम्भ निर्माण गर्न लागिएको जनाइएको छ।



