आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

रसुवाका बाढी पीडितका लागि नाइमाले गर्यो ५० लाख सहयोग

आइतबार, भाद्र १४ २०८३

काठमाडौं(जस)–नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । संस्थाले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिएको हो ।
बाढीका कारण भएको ठुलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरिएको छ । नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् । अध्यक्ष वैद्यले भनेकी छन्– ‘यस्तो कठिन समयमा सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको पनि साझा दायित्व हो । सरकार, निजी क्षेत्र र समुदायबिचको सहकार्यले नै राहत तथा पुनस्र्थापना कार्यलाई प्रभावकारी बनाउन सकिन्छ ।’
विपद्को समयमा नाइमाका सदस्य कम्पनीहरूले पनि आ–आफ्नो तर्फबाट आर्थिक, यातायात तथा लजिस्टिक सहयोगहरू उपलब्ध गराइरहेका छन् । संस्थाले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका सम्पूर्ण सरोकारवालाहरूलाई आफ्नो क्षमता र उपलब्ध स्रोत अनुसार प्रभावित नागरिकहरूको सहयोगमा जुट्न हार्दिक आग्रह समेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार