मोबाइल बैंकिङ एपबाटै अन्तर्राष्ट्रिय इसिम र र आइडिपी सेवा
काठमाडौं(जस)–कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन प्रा.लि. (ल्क्ष्ःद्यग्श्श्) बीच ग्राहकलाई थप डिजिटल सेवा उपलब्ध गराउने उद्देश्यले सहकार्य सम्झौता भएको छ । सम्झौताअनुसार अब कुमारी बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ एपमार्फत नै अन्तर्राष्ट्रिय भक्क्ष्ः (डेटा सेवा) र इन्टरनेसनल ड्राइभिङ परमिट (क्ष्लतभचलबतष्यलब िम्चष्खष्लन एभचmष्त–क्ष्म्ए) सम्बन्धी सेवा प्राप्त गर्न सक्नेछन् ।
यस सहकार्यपछि विदेश यात्रा गर्ने नेपाली, उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थी, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा व्यावसायिक प्रयोजनका लागि नियमित विदेश आवतजावत गर्ने ग्राहकलाई विशेष सुविधा पुग्ने बैंकले जनाएको छ । डिजिटल युगमा अन्तर्राष्ट्रिय यात्राका क्रममा भरपर्दो इन्टरनेट पहुँच र आवश्यक यात्रा कागजातको व्यवस्थापन महत्वपूर्ण हुने भएकाले भक्क्ष्ः र क्ष्म्ए सेवाले ग्राहकलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।
भक्क्ष्ः सेवामार्फत ग्राहकले विदेश पुगेपछि स्थानीय सिम खरिद गर्ने, सिम परिवर्तन गर्ने वा विभिन्न नेटवर्क सेवा खोज्ने झन्झटबाट मुक्त भई सहज रूपमा डेटा सेवा प्रयोग गर्न सक्नेछन् । त्यस्तै, क्ष्म्ए सेवाले अन्तर्राष्ट्रिय ड्राइभिङ अनुमति प्राप्त गर्ने प्रक्रियालाई थप सरल, छिटो र व्यवस्थित बनाउने बैंकले जनाएको छ । यी दुवै सेवाको शुल्क ग्राहकले कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत नै नेपाली रुपैयाँमा भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ । यसले विदेशी मुद्रा भुक्तानीका वैकल्पिक माध्यम खोज्नुपर्ने आवश्यकता घटाउनुका साथै प्रक्रिया थप सुरक्षित र ग्राहकमैत्री बनाउने अपेक्षा गरिएको छ ।
कुमारी बैंकले प्रविधिमा आधारित आधुनिक बैंकिङ सेवा विस्तारलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ । बैंकका अनुसार यस सहकार्यले ग्रामीण, अर्धसहरी तथा सहरी क्षेत्रका ग्राहकलाई समान रूपमा अन्तर्राष्ट्रिय स्तरका डिजिटल सेवामा पहुँच विस्तार गर्न सहयोग गर्नेछ । २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८५ शाखा, ४१ विस्तारित काउन्टर, ३०३ एटीएम र ४० शाखारहित बैंकिङ सेवामार्फत लाखौँ ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ । बैंकले डिजिटल रूपान्तरणमार्फत ग्राहक अनुभवलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।