शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

नयाँ स्कोडा कुशाक नेपाली बजारमा सार्वजनिक

आइतबार, असार २८ २०८३

काठमाडौं(जस)–स्कोडा नेपालले आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाक कार नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले एक विशेष कार्यक्रमको आयोजना गर्दै ’रियल ड्राइभर्स वान्टेड’ भन्ने ट्यागलाइनसहित स्कोडा शोरुममा गाडी औपचारिक रूपमा सार्वजनिक गरेको हो। उक्त नयाँ कुशाकको अनावरण एमएडब्लु (एमएडब्ल्ु) ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल तथा एमएडब्लु एक्सपान्जका प्रमुख कार्यकारी अधिकृत रौनक अग्रवालले संयुक्त रूपमा गरेका थिए ।
कार अनावरण गर्दै कम्पनीका अधिकारीहरूले यो गाडी चार्ट वा कागजी रूपमा मात्र उत्कृष्ट देखिने नभई, स्टेयरिङ समात्दा प्राप्त हुने वास्तविक ड्राइभिङ अनुभवलाई प्राथमिकता दिएर निर्माण गरिएको एसयूभी भएको जानकारी दिए । यो नयाँ एसयूभी १.० लिटर र १.५ लिटर त्क्क्ष् इन्जिन विकल्पमा उपलब्ध छ । यसमा ८–स्पिड अटोमेटिक ट्रान्समिसन तथा म्क्न् ट्रान्समिसन जडान गरिएको छ, जसले उत्कृष्ट नियन्त्रण र सहज प्रतिक्रिया प्रदान गर्दछ । साथै, पछाडिको सिटमा मसाज सुविधा समेत उपलब्ध रहेकोे कम्पनीले जनाएको छ । जसले यस सेगमेन्टमै दुर्लभ मानिने युरोपेली स्तरको आरामदायी यात्रा सुनिश्चित गर्दछ ।
नेपाली बजारमा यो अन्तर्राष्ट्रिय ब्रान्डको एसयूभी रु. ५७ लाख ९० हजारको सुरुवाती मूल्यमा उपलब्ध गराइएको छ । स्कोडाले ‘एचयmष्कभ या १२’ अन्तर्गत देशभरका १२ वटै सेवा केन्द्रबाट वार्षिक मर्मतसम्भार योजनासमेत अघि सारेको बताइएको छ । यस योजनामा कुनै पनि लुकेका शुल्कहरू नहुने र हरेक १२ महिना वा १२,००० किलोमिटरमा केवल रु. १२,००० को निश्चित शुल्क लाग्ने कम्पनीले जनाएको छ । अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, “कुशाकले युरोपेली इन्जिनियरिङलाई नेपाली सडकमा ल्याएको छ, तर नेपाली ग्राहकलाई युरोपेली मूल्य तिर्न बाध्य बनाएको छैन् । यही नै यसको वास्तविक मूल्य हो ।”
त्यसैगरी, एमएडब्लु एक्सपान्जका प्रमुख कार्यकारी अधिकृत रौनक अग्रवालले भने , “यो गाडी उत्कृष्ट ड्राइभिङ अनुभव चाहने व्यक्तिहरूका लागि बनाइएको हो । हामी ग्राहकहरूलाई यसको विशेषताको बारेमा सुन्न मात्र होइन, आफैँ प्रयोगात्मक अनुभव (ड्राइभ) गर्न आमन्त्रण गर्दछौँ ।” स्कोडा नेपालले कुशाकलाई नेपालमा चालक–केन्द्रित एसयूभीको रूपमा आफ्नो बलियो पहिचान स्थापित गरेको छ । उत्कृष्ट प्रदर्शन, युरोपेली विरासत र आकर्षक मूल्यको संयोजनले कुशाकलाई आफ्नो सेगमेन्टमा विशेष बनाएको कम्पनीको दाबी छ । अनावरण कार्यक्रममा कम्पनीका उच्च पदाधिकारी, व्यावसायिक साझेदार तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार