शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

स्वतन्त्र व्यवसायीको बलियो दाबीसहित हरिबहादुर पाण्डे चुनावी मैदानमा

शनिबार, जेष्ठ २३ २०८३

काठमाडौं,नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी विशेष साधारणसभा तथा निर्वाचन नजिकिँदै जाँदा अध्यक्ष पदका प्रत्याशी तथा पूर्व वरिष्ठ उपाध्यक्ष हरिबहादुर पाण्डेले आफ्नो प्यानलसहित चुनावी अभियानलाई तीव्रता दिएका छन्। सामाखुशी एकता समिति, गणतान्त्रिक व्यवसायी समूह तथा एकीकृत व्यवसायीहरूको सहकार्यमा निर्माण भएको स्वतन्त्र व्यवसायी समूहले यसपटक संघमा व्यवसायीको वास्तविक नेतृत्व स्थापित गर्ने लक्ष्यसहित निर्वाचनमा होमिएको जनाएको छ।
संघका पूर्व वरिष्ठ उपाध्यक्षसमेत रहेका पाण्डेले वैदेशिक रोजगार व्यवसायीहरूको साझा संस्था पछिल्लो समय राजनीतिक प्रभाव, गुटगत स्वार्थ र व्यक्तिगत महत्वाकांक्षाको चपेटामा परेको आरोप लगाउँदै संघलाई पुनः व्यवसायीको साझा घर बनाउने अभियानका साथ उम्मेदवारी दिएको बताएका छन्।
पाण्डेको नेतृत्वमा घोषणा गरिएको प्यानलमा अध्यक्ष उम्मेदवार : हरि बहादुर पाण्डे क्षेत्री,प्रथम उपाध्यक्ष उम्मेदवार : सञ्जु गुरुङ, द्वितीय उपाध्यक्ष उम्मेदवार : बाल कृष्ण श्रेष्ठ,
तृतीय उपाध्यक्ष उम्मेदवार : कृष्ण ढकाल,
महासचिव उम्मेदवार : नुर मोहम्मद मियाँ,
सचिव उम्मेदवार : नवराज लुइँटेल,
काेषाध्यक्ष उम्मेदवार : विनिता कटुवाल र
सदस्य उम्मेदवारहरूमा
शिवशंकर यादव,
दिनेश पौडेल क्षेत्री,
नरेन्द्र देव मलेकार,
सरोज हुसन,
विरेन्द्र कुमार यादव,
रबिन श्रेष्ठ,
निर्मल जी.सी.,
दिनेश कुमार खड्का,
शालीग्राम पाण्डेय,
लेखनाथ भुसाल रहेका छन ।
पाण्डेले व्यवसायीहरू आज नीतिगत अन्योल, प्रशासनिक जटिलता, मागपत्र प्रमाणीकरणमा हुने ढिलाइ, वैदेशिक रोजगार विभाग तथा विभिन्न नियोगमा देखिने झन्झटपूर्ण प्रक्रियाबाट पीडित रहेको उल्लेख गर्दै यस्ता समस्या समाधानका लागि संघले सशक्त भूमिका खेल्नुपर्ने बताए।

उनका अनुसार संघको नेतृत्व व्यवसायीको हितभन्दा बाहिर गएर राजनीतिक प्रभावमा चल्न थालेपछि व्यवसायीका वास्तविक समस्या ओझेलमा परेका छन्। त्यसैले व्यवसायीको पेशागत अधिकार, व्यवसायको सुरक्षा, नयाँ श्रम गन्तव्यको खोजी तथा संघको संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर आफूहरू मैदानमा उत्रिएको उनले बताए।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार सञ्जु गुरुङले वैदेशिक रोजगार क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै व्यवसायीलाई अपराधीका रूपमा हेर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने धारणा राखे। उनले व्यवसायीको छवि सुधार, संघको गरिमा पुनःस्थापना तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि आफ्नो समूह प्रतिबद्ध रहेको बताए।
स्वतन्त्र व्यवसायी समूहलाई निवर्तमान अध्यक्ष भुवन सिंह गुरुङ निकट मानिन्छ। गुरुङ नेतृत्वको कार्यसमितिलाई अन्तिम अवस्थासम्म साथ दिएका पाण्डेले व्यवसायीबीच राम्रो प्रभाव बनाएका छन्। यही कारण पनि उनको समूहलाई निर्वाचनको बलियो प्रतिस्पर्धीका रूपमा हेरिएको छ।म
व्यवसायी वृत्तमा निवर्तमान अध्यक्ष गुरुङको समर्थन पाण्डेलाई प्राप्त भए स्वतन्त्र समूहको पल्ला भारी हुने चर्चा व्यापक रूपमा भइरहेको छ। अघिल्लो निर्वाचनमा आफ्नै संगठनको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएर अत्यधिक मतसहित विजयी भएका गुरुङको प्रभाव अहिले पनि संघभित्र निर्णायक मानिन्छ।
निर्वाचनको मिति नजिकिँदै जाँदा पाण्डे नेतृत्वको समूहले विभिन्न व्यवसायिक समूहसँग संवाद र सहकार्यलाई तीव्र बनाएको छ। व्यवसायीहरूको साझा मुद्दा, संघको गरिमा र पेशागत अधिकारको संरक्षणलाई मुख्य एजेण्डा बनाएको यो समूहलाई यसपटकको निर्वाचनमा महत्वपूर्ण शक्तिका रूपमा हेरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार