काठमाडौं । मलेसियामा आयोजना भएको ‘एशियन गेम्स महिला छनोट प्रतियोगिता–२०२६’ तथा हाल सञ्चालन भइरहेको ‘एसीसी महिला प्रिमियर कप–२०२६’ मा सहभागी नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको सम्मानमा मलेसियास्थित नेपाली समुदायका अभियन्ता तथा समाजसेवी नारायण अधिकारीको एकल पहलमा भेटघाट तथा सम्मान कार्यक्रम आयोजना गरेका छन्।
कार्यक्रममा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक हर्षल पाठक, कप्तान इन्दु बर्मा, उपकप्तान पूजा महतोलगायत सबै खेलाडी तथा पदाधिकारीहरूसँग आत्मीय भेटघाट गरिएको थियो।
मलेसियामा व्यवसाय तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्व नारायण अधिकारीको पहलमा आयोजित कार्यक्रममा टोलीलाई सम्मान गर्नुका साथै आगामी खेलका लागि शुभकामना प्रदान गरिएको थियो। नेपाली समुदायको प्रतिनिधित्व गर्दै खेलाडीहरूलाई हौसला र प्रेरणा प्रदान गरेको भन्दै अधिकारीको भूमिकाको विशेष प्रशंसा गरिएको छ।
सहभागीहरूले अधिकारी र पौडेलको खेलकुदप्रतिको समर्पण तथा योगदानको खुलेर प्रशंसा गरेका थिए। यस अवसरमा अधिकारीले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको झण्डा बोकेर प्रतिस्पर्धा गरिरहेका महिला खेलाडीहरू राष्ट्रको गौरव भएको उल्लेख गर्दै उनीहरूको मेहनत, संघर्ष र समर्पणप्रति सम्मान व्यक्त गरेका थिए। साथै प्रतियोगिताको बाँकी यात्राका लागि टोलीलाई सफलताको शुभकामना दिइएको बताए ।
अधिकारीले मलेसियमा रहेरपनि नेपाली खेलकुद क्षेत्र, तथा सामाजिक गतिविधिमा विभिन्न सहयोग गर्दै आएका छन् । अधिकारी विगतमा गैँडाकोट क्षेत्रको खेलकुद विकासमा सक्रिय रहँदै आएका थिए । मलेसियामा रहेको नेपाली समुदायका तर्फबाट अधिकारीले महिला क्रिकेट टोलीप्रति देखाएको आत्मीयता र समर्थनले खेलाडीहरूको मनोबल अझ उच्च बनाएको भन्दै नेपाली टीमका तर्फबाट अधिकारीलाई धन्यवाद दिइएको थियो । अधिकारीले खेलकुद क्षेत्रको विकास तथा प्रवर्द्धनमा पुर्याएको योगदानका लागि खेलाडीहरुलाई बधाई तथा थप सफलताको शुभकामना दिएका थिए ।













