काठमाडौँ(जस)–सामसङ नेपाल ले ग्राहकलाई लक्षित गर्दै ‘अपग्रेड टु ग्यालेक्सी’ अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत ग्राहकहरूले पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्टफोनमा अपग्रेड गर्न सक्नेछन् । कम्पनीका अनुसार योजनामा आकर्षक एक्सचेन्ज बोनस, नगद छुट, टेलिकम सुविधा तथा सहज ईएमआई अफर समावेश गरिएको छ । ग्राहकले शून्य प्रतिशत डाउन पेमेन्टमा २४ महिनासम्मको ईएमआई सुविधा पाउने जनाइएको छ ।
अफरअन्तर्गत चयन गरिएका पुराना मोबाइल एक्सचेन्ज गर्दा ग्राहकले डिभाइसको मूल्यसँगै अधिकतम ८ हजार रुपैयाँसम्म अतिरिक्त बोनस प्राप्त गर्न सक्नेछन्। कम्पनीले ग्यालेक्सी एस २६ अल्ट्रामा १० हजार रुपैयाँ छुटसहित ८ हजार रुपैयाँ एक्सचेन्ज बोनस, एस २६ प्लसमा २३ हजार रुपैयाँ छुटसहित ८ हजार रुपैयाँ बोनस तथा एस २६ मा १० हजार रुपैयाँ छुटसहित ८ हजार रुपैयाँ बोनस उपलब्ध गराउने जनाएको छ । त्यसैगरी ग्यालेक्सी ए ५७ र ए ३७ फाइभजीमा ५–५ हजार रुपैयाँ छुट तथा अतिरिक्त ५–५ हजार रुपैयाँ एक्सचेन्ज बोनस प्रदान गरिनेछ ।
अफरसँगै एनसेल को बोनस डेटा सुविधा पनि समावेश गरिएको छ । एस २६ सिरिज खरिदकर्ताले न्यूनतम ३९९ रुपैयाँको एनसेल प्याक रिचार्ज गर्दा प्रत्येक पटक १५ जीबी बोनस डेटा प्राप्त गर्नेछन् । १२ पटक रिचार्जमा कुल १८० जीबी डेटा उपलब्ध हुने कम्पनीले जनाएको छ । त्यसैगरी ए ५७, ए ३७, ए १७ र एम १७ मोडलमा न्यूनतम २९९ रुपैयाँको प्याक रिचार्ज गर्दा प्रत्येक पटक १० जीबी बोनस डेटा तथा १२ पटकमा कुल १२० जीबी डेटा उपलब्ध हुनेछ ।
कम्पनीका अनुसार नयाँ ग्यालेक्सी एस २६ सिरिजमा उन्नत एआई आधारित फिचर, शक्तिशाली प्रदर्शन तथा प्रिमियम प्रयोग अनुभव समावेश गरिएको छ । त्यस्तै ग्यालेक्सी ए सिरिजका मोडलहरूमा स्मार्ट एआई फिचर, आकर्षक डिजाइन र भरपर्दो परफर्मेन्स उपलब्ध गराइएको जनाइएको छ । यो अफर मे २७ देखि जुन ३० सम्म देशभरका आधिकारिक सामसङ रिटेल स्टोर तथा पार्टनर आउटलेटहरूमा लागू हुने कम्पनीले जनाएको छ ।