शुक्रबार, साउन ८ २०८३

शुक्रबार, साउन ८ २०८३

रास्वपाद्वारा भेला तथा अधिवेशनको विशेष तालिका स्वीकृत, जेठ २३ र २४ मा जिल्ला अधिवेशन

आइतबार, बैशाख २७ २०८३

काठमाडौँ ,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘भेला तथा अधिवेशन विशेष तालिका’ स्वीकृत गरेको छ ।आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले वडादेखि जिल्ला तहसम्मको अधिवेशन सम्पन्न गर्ने गरी विशेष कार्यतालिका पारित गरेको हो ।
स्वीकृत तालिका अनुसार आगामी जेठ २ गते समिति गठन नभएका वडाहरूमा ‘वडा भेला’ हुनेछ भने वैशाख २० गते अगावै समिति गठन भइसकेका वडाहरूमा जेठ ३ गते ‘वडा अधिवेशन’ हुने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।
त्यसैगरी, जेठ ९ गते पालिका भेला (समिति नभएका पालिकाहरूमा) र जेठ १० गते पालिका अधिवेशन (वैशाख २५ अगावै समिति गठन भएका पालिकाहरूमा) तोकिएको छ । जेठ १६ गते बाँकी रहेका वडा र जेठ १७ गते बाँकी पालिकाहरूको अधिवेशन सम्पन्न गरिनेछ ।

यसैगरी जेठ २३ र २४ गते जिल्ला अधिवेशनहरू आयोजना गरिने प्रवक्ता झाले जानकारी दिए ।
विभिन्न विभाग र पदमा मनोनयन
सचिवालय बैठकले विभिन्न विभाग र प्रदेश समितिहरूमा नयाँ जिम्मेवारी समेत तोकेको छ । जसअन्तर्गत शिक्षा विभागको प्रमुखमा मिलन पाण्डे लाई मनोनयन गरिएको छ ।
त्यस्तै, आरएटी समन्वय विभागको प्रमुखमा बैकुण्ठ थापा (आशिष) र उपप्रमुखमा पूर्व एपीएफ डिआइजी बिदुर खड्का मनोनित भएका छन् । स्टार्टअप विभागको नेतृत्व डा. प्रभात अधिकारीले पाएका छन् भने सचिवमा हरि जोशी रहेका छन् ।
कर्णाली प्रदेश सह-महामन्त्रीमा राजबहादुर शाह र अविसरा सुवेदी, केन्द्रीय संगठन विभाग सदस्यमा गोपाल प्याकुरेल (कर्णाली) र कञ्चनपुर जिल्ला सभापतिमा पदम बिष्ट मनोनित भएका छन् ।

१५ जना सदस्य निष्कासित
बैठकले पार्टी अनुशासन उल्लंघन गर्ने र पार्टी हित विपरीत कार्य गर्ने विभिन्न जिल्लाका १५ जना सदस्यहरूको सदस्यता खारेज गर्ने निर्णय गरेको छ । ‘अनुशासन पार्टीको मेरुदण्ड हो, यसमा कुनै सम्झौता हुँदैन,’ प्रवक्ता झाले भने ।
यसैगरी, प्रदेश समितिको सिफारिसमा बारा जिल्ला समितिलाई विघटन गर्दै नयाँ अधिवेशनको तयारी गर्ने निर्णय पनि सचिवालयले गरेको छ ।
बैठकले केन्द्रीय समितिको आगामी बैठक वैशाख ३० गते बोलाउने निर्णय समेत गरेको प्रवक्ता झाले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार