आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

कतारको जल क्षेत्रमा मालवाहक जहाजमाथि ईरानको ड्रोन हमला, कतारद्वारा कडा निन्दा

बुधबार, जेष्ठ ६ २०८३

कतार,कतारले आफ्नो जल क्षेत्रमा मालवाहक जहाजमाथि भएको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ । राजधानी दोहा नजिक आइतबार बिहान भएको उक्त घटनालाई कतारले अन्तर्राष्ट्रिय कानुनविपरीत तथा क्षेत्रीय तनाव बढाउने खतरनाक कदमको रूपमा व्याख्या गरेको छ ।

कतारको विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा मेसाईद बन्दरगाहको उत्तर–पूर्वी क्षेत्रमा कतारको जलसीमाभित्र यात्रा गरिरहेको एक मालवाहक जहाजलाई ड्रोनमार्फत निशाना बनाइएको उल्लेख गरेको छ ।

विज्ञप्तिअनुसार हमलापछि जहाजमा सामान्य आगलागी भएको थियो । यद्यपि घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ । कतारले यस्तो आक्रमणले समुद्री सुरक्षामा गम्भीर चुनौती थपिएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

मध्यपूर्व क्षेत्रमा पछिल्ला दिनमा बढ्दो तनावका बीच भएको यो घटनाले क्षेत्रीय सुरक्षा अवस्थाप्रति थप चासो बढाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार