काठमाडौं(जस)–सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार नाफामा गिरावट देखिएको हो । गत वर्षको यहि अवधीसम्ममा कम्पनीले ४५ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो विवरण अनुसार कम्पनीले नाफामा ९१.१५ प्रतिशतको गिरावट आएको हो ।
कम्पनीको निर्जीवन बीमाकोष भने ठूलो अंकले बढेको छ । गत वर्षको यहि अवधीमा ५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ रहेकोमा अहिले ९७.९६ प्रतिशतले बढेको हो । अहिले ११ अर्ब १५ करोड ९९ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको खुद ब्याज आम्दानी भने समीक्षा अवधिमा २ अर्ब ६७ करोड ५४ लाख रुपैयाँबाट सामान्य बढेर करीब २ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । आम्दानीमा सुधार नै देखिएको भए पनि जेनजी आन्दोलन र बाढी पहिरोको कारण ठूलो मात्रामा दाबी परेकोले नाफामा तीव्र दबाब परेको हो ।
कम्पनीको कुल आम्दानी २ अर्ब १५ करोड ७८ लाख रुपैयाँबाट घटेर १ अर्ब ९२ करोड २४ लाख रुपैयाँमा झर्दा कुल खर्च भने १ अर्ब ५२ करोड ६८ लाख रुपैयाँबाट बढेर १ अर्ब ८६ करोड ५१ लाख रुपैयाँ नाघेको छ । कम्पनीको प्रतिसेृयर आम्दानी २१.५५ रुपैयाँबाट घटेर १।९१ रुपैयाँमा झरेको छ भने प्रतिशेयर नेटवर्थ २५०।०६ रुपैयाँ कायम भएको छ । कम्पनीको महाविपत्ति कोषमा २३ करोड १८ लाख रुपैयाँ र जगेडा कोषमा ३३ करोड २७ लाख रुपैयाँ सञ्चिति रहेको छ ।