शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

रमजानको अवसरमा यूएईद्वारा १२८ नेपालीलाई आममाफी

बिहिबार, बैशाख ३ २०८३

काठमाडौँ(जस)–संयुक्त अरब इमिरेट्स (यूएई)ले विभिन्न घटनामा सजाय पाएका १२८ जना नेपालीलाई आममाफी दिएको छ । रमजानको अवसर पारेर यूएईले कैद सजाय भोगिरहेका १२८ जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी पवित्र रमजान महिनाको अवसरमा १२८ जना नेपालीलाई आममाफी दिएकोमा आभार व्यक्त गरेको छ ।
मन्त्रालयले मानवीय आधारमा गरिएको आममाफीलाई उच्च मूल्यांकन गरेको जनाएको छ । मन्त्रालयका अनुसार यस कदमले नेपाल र यूएईबीचको द्विपक्षीय सम्बन्धमा रहेको सौहार्द र सद्भावनालाई थप सुदृढ बनाएको छ । आममाफीको निर्णय अबुधाबीस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको अनुरोधपछि यूएई सरकारले लिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार