काठमाडौं ,नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विश्वकै प्रतिष्ठित सूचीमा समेटिँदै अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान बनाउन सफल भएका छन । Time Magazine ले सार्वजनिक गरेको सन् २०२६ का ‘विश्वका १०० प्रभावशाली व्यक्तिहरू’को सूचीमा उनी पहिलोपटक नेपालबाट समावेश भएका हुन्।
टाइमले उनलाई ‘नेता’ श्रेणीमा राख्दै दक्षिण एसियाको वंशवादी राजनीतिमाथि चुनौती दिने उदाउँदो शक्तिका रूपमा चित्रण गरेको छ। ३६ वर्षीय शाहलाई ‘हिप–हप पृष्ठभूमिबाट आएका युवा नेता’ र ‘नेपालकै कान्छा प्रधानमन्त्री’ का रूपमा प्रस्तुत गरिएको छ।
टाइमका अनुसार पछिल्लो निर्वाचनमा युवापुस्ताको अभूतपूर्व समर्थन र परम्परागत राजनीतिक संरचनाप्रतिको असन्तुष्टिले उनको उदय सम्भव भएको हो। काठमाडौं महानगरको नेतृत्वमा उनले देखाएको कार्यशैलीलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने चुनौती अब उनको काँधमा रहेको म्यागजिनको विश्लेषण छ।
यस वर्षको सूचीमा Donald Trump, Xi Jinping, Benjamin Netanyahu जस्ता विश्व शक्तिका नेतादेखि Sundar Pichai लगायत प्रविधि र व्यवसाय क्षेत्रका प्रभावशाली व्यक्तित्वहरू पनि समावेश छन्। कला, खेलकुद र नवप्रवर्तन क्षेत्रका चर्चित अनुहारहरूले पनि सूचीमा स्थान पाएका छन्।
टाइमले हरेक वर्ष राजनीति, प्रविधि, कला, खेलकुद र सामाजिक प्रभावका आधारमा विश्वभरबाट १०० जना छनोट गर्ने गर्दछ।
नेपालबाट पहिलोपटक यस्तो प्रतिष्ठित सूचीमा प्रधानमन्त्री समावेश हुनु ऐतिहासिक उपलब्धि मानिएको छ। यसले नेपालको नयाँ नेतृत्वप्रति विश्वको ध्यान केन्द्रित गराएको छ।
को को परेत टप सुचिमा ?
राजनीति तथा नेतृत्व
Balendra shah
Donald Trump
Xi Jinping
Benjamin Netanyahu
Claudia Sheinbaum
Mark Carney
व्यापार तथा प्रविधि
Sundar Pichai
Michael Dell
David Ellison
Gwynne Shotwell
कला तथा मनोरञ्जन
Ranbir Kapoor
Zoe Saldaña
Dakota Johnson
Keke Palmer
Benicio del Toro
Luke Combs
खेलकुद
Scottie Scheffler
Hilary Knight
Lando Norris
सामाजिक सञ्जाल तथा प्रभाव
MrBeast
नवप्रवर्तन र विचार
Dario Amodei
Nikki Glaser
Vikas Khanna