आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

युद्धको असर नेपालमा: डिजेल, मट्टीतेल र हवाई इन्धनको मुल्य भारी महँगियो, पेट्रोल यथावत्

बिहिबार, बैशाख ३ २०८३

काठमाडौं ,अन्तर्राष्ट्रिय युद्ध र ऊर्जा बजारमा देखिएको अस्थिरताको प्रभाव नेपालमा प्रत्यक्ष देखिन थालेको छ। नेपाल आयल निगम ले डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य बढाएको छ भने पेट्रोलको मूल्य भने यथावत् राखेको छ।
निगमले जारी गरेको नयाँ दरअनुसार वैशाख ३ गतेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले वृद्धि गरिएको छ। यससँगै हवाई इन्धन (आन्तरिकतर्फ) मा पनि प्रतिलिटर ५ रुपैयाँ बढाइएको छ।
नयाँ मूल्य सूची
डिजेल/मट्टीतेल
पहिलो वर्ग: २३४ रुपैयाँ ५० पैसा
दोस्रो वर्ग: २३६ रुपैयाँ
तेस्रो वर्ग: २३७ रुपैयाँ
हवाई इन्धन (आन्तरिक)
२५१ → २५६ रुपैयाँ (५ रुपैयाँ वृद्धि)
पेट्रोलको मुल्य यथावत्
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्नु र आपूर्ति शृंखलामा देखिएको दबाबका कारण मूल्य समायोजन गरिएको हो। विशेषगरी मध्यपूर्वमा बढ्दो तनाव र Strait of Hormuz क्षेत्रमा उत्पन्न जोखिमले विश्वव्यापी इन्धन आपूर्तिमा असर पारेको छ।
यसको प्रभाव नेपालमा तत्काल देखिएको छ। डिजेल र मट्टीतेलको मूल्यमा एकैपटक ३० रुपैयाँ वृद्धि हुँदा ढुवानी खर्च बढ्ने र त्यसको असर बजारमा वस्तु तथा सेवाको मूल्यमा पर्ने निश्चितजस्तै देखिएको छ।
यता हवाई इन्धन महँगिँदा आन्तरिक उडानको लागत बढ्नेछ, जसले हवाई भाडा बढाउने दबाब सिर्जना गर्ने अनुमान गरिएको छ।
समग्रमा, युद्धको असर अब प्रत्यक्ष रूपमा नेपाली उपभोक्ताको भान्सादेखि यात्रासम्म पुगेको छ। सरकारले मूल्य नियन्त्रण र राहतका उपाय नल्याए महँगी थप चुलिने जोखिम बढ्दै गएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार