शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

एफक्यान अध्यक्षमा निकोलस पाण्डे र बरिस्ठ उपाध्यक्षमा रामजी पन्त विजयी, निराश व्यवसायीमा नयाँ आशाको विस्फोट

शुक्रबार, चैत्र २० २०८२

काठमाडौं ,नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) को नेतृत्वमा निकोलस पाण्डे भारी मतान्तरसहित विजयी भएपछि लामो समयदेखि समस्याले थलिएको निर्माण क्षेत्रमा नयाँ आशा र उत्साहको लहर देखिएको छ। स्पष्ट सुधारमुखी एजेन्डा, पारदर्शिता र व्यवसायीमैत्री नीतिको प्रतिबद्धतासहित चुनावी मैदानमा उत्रिएका पाण्डेलाई व्यवसायीहरूले बलियो जनादेश दिएका हुन्।
प्राप्त आधिकारिक मतपरिणामअनुसार अध्यक्ष पदमा निकोलस पाण्डेले ५१४ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धी आङदोर्जे लामालाई ४१३ मतमा सीमित पार्दै विजयी भएका हुन्। यसले महासंघभित्र परिवर्तनको स्पष्ट सन्देश दिएको विश्लेषण गरिएको छ।
वरिष्ठ उपाध्यक्ष पदमा रामजी पन्त (मुकेश) ४८४ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी रोशन दाहालले ४५२ मत प्राप्त गरेका थिए। उप–महासचिव (नीतिगत कार्यभार) मा मंगल बहादुर शाही ४८३ मतसहित विजयी भए भने राज कुमार बस्नेत २३६, अशोक कुमार केसी ६७ र प्रमोद लामिछाने १०७ मतमा सीमित रहे।
त्यस्तै उप–महासचिव (आन्तरिक) मा सन्तोष शाह ४०५ मतसहित विजयी हुँदा चन्द्रशेखर मल्लले १२५ र सुवित श्रेष्ठले ३४५ मत प्राप्त गरेका थिए। उप–महासचिव (महिला) तर्फ गंगा पोखरेल १९० मतसहित विजयी भइन् भने गीता शाहीले १८९, लक्ष्मी बस्नेत कार्कीले १२७, बबिता कटुवालले १७१, मोहनकुमारी कालिकोटेले १५ र यमुना भट्ट (पाण्डेय) ले १० मत प्राप्त गरेका थिए।
एसोसिएट उपाध्यक्षमा ई. एस. शेर्पा २१ मतसहित विजयी भए भने नरहरी थपलियाले १८ मत पाए। कोशी प्रदेश उपाध्यक्षमा धिरेन्द्र कुमार दाहाल १०३ मतसहित विजयी हुँदा जनकराज तिम्सिनाले ४५ मत प्राप्त गरे।
मधेश प्रदेश उपाध्यक्षमा शम्भु ठाकुर ५७ मतसहित विजयी भए भने रामअशीष प्रसाद साहले १७ र नरेन्द्र प्रसाद सिंहले ४२ मत प्राप्त गरेका थिए। बागमती प्रदेश उपाध्यक्षमा बालकृष्ण थापा १६७ मतसहित विजयी हुँदा किरण कुमार श्रेष्ठ १४ मतमा सीमित भए।
गण्डकी प्रदेश उपाध्यक्षमा खिम प्रकाश मल्ल ४८ मतसहित विजयी राजेन्द्र पहारी ३२ मतमा सीमित भए।
लुम्बिनी प्रदेश उपाध्यक्षमा सहदेव खड्का निर्विरोध निर्वाचित भएका छन ।
यसैगरी कर्णालि प्रदेश उपाध्यक्षमा हिम बहादुर बुढा निर्विरोध निर्वाचित भएका छन ।
सुदुर पस्चिम प्रदेश उपाध्यक्षमा प्रकाश बहादुर सेठि ४७ मतसहित विजयी भए भने भिम बहादुर पाल ३६ मतमा सीमित भए।
महासचिवमा शिवहरि घिमिरे ५२७ मत ल्याएर बिजयी हुदा बलिभद्र राना ३८० मतमा सिमित भए ।
कोसाध्यक्षमा उज्ज्वल गौतमले ४४६ मत ल्याएर बिजयी हुदा बालाजु श्रेष्ठले ४४१ मत ल्याएर पराजित भए ।
तसैगरी सहकोसाध्यक्षमा उपेन्द्र कुमार घिसिङले ५१४ मत ल्याएर बिजयी हुदा दिनेश बहादुर सिंहले ३६८ मत ल्याएर पराजित भए ।
यस्तै केन्द्रिय सदस्यमा राजेश गौतम,लछमण बहादुर साउद,देवराज पाण्डे,राजाराम न्हिसुतु,सुरेन्द्रराज केसि,केशव प्रसाद लामिछाने बिजयी भएका छन ।

पाण्डे प्यानलका अधिकांश उम्मेदवारहरू विजयी भएसँगै महासंघभित्र स्पष्ट रूपमा सुधारको पक्षमा जनादेश आएको देखिएको छ। परिणाम सार्वजनिक भएसँगै निर्माण व्यवसायीहरूमा ‘अब केही बदलिन्छ’ भन्ने विश्वास बलियो बन्दै गएको छ।
नव–निर्वाचित अध्यक्ष पाण्डेले व्यवसायीको हक–हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सार्वजनिक खरिद ऐन संशोधन, समयमै भुक्तानी सुनिश्चितता, ठेक्का प्रक्रियामा पारदर्शिता र सरकारी निकायसँग प्रभावकारी समन्वयलाई प्राथमिकतामा राख्ने बताएका छन्। उनले निर्माण क्षेत्रलाई व्यवस्थित, सुरक्षित र सम्मानजनक बनाउने दाबी गर्दै अब महासंघलाई व्यवसायीको आवाज बुलन्द गर्ने सशक्त संस्थाका रूपमा रूपान्तरण गर्ने बताए।
समग्रमा, पाण्डेको जित केवल नेतृत्व परिवर्तन मात्र नभई निर्माण क्षेत्रमा सुधारको बलियो संकेतका रूपमा हेरिएको छ। लामो समयदेखि समस्याले थलिएको क्षेत्रमा अब नयाँ नेतृत्वसँगै आशा, विश्वास र परिवर्तनको अपेक्षा उच्च बनेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार