शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

एनआरएनए आईसीसीमा युवा नेतृत्वको नयाँ ऊर्जा: भिमसेन थापा विभागीय प्रमुख नियुक्त, युवामुखी एजेन्डामा जोड

शुक्रबार, चैत्र २० २०८२

काठमाडौं, गैरआवासीय नेपाली संघ एनआरएनए आईसीसीको २०२६–२०२८ कार्यकालका लागि युवा तथा दोस्रो पुस्ता विभाग (Youth & Second Generation Department) को प्रमुखको जिम्मेवारी युवा उपाध्यक्ष भिमसेन थापालाई प्रदान गरिएको छ। उनी हाल एनआरएनए आईसीसीका युवा उपाध्यक्ष (Youth Vice President) समेत रहेका छन ।
नवनियुक्त विभागीय प्रमुख थापाले संघका अध्यक्ष डा. हेम राज शर्मा तथा महासचिव डा. चिरञ्जीवी खड्का सहित सम्पूर्ण नेतृत्वप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै आफूलाई दिइएको जिम्मेवारीलाई अत्यन्त महत्वपूर्ण अवसरका रूपमा लिएको बताएका छन । उनका अनुसार यो जिम्मेवारी केवल पदमा सीमित नभई विश्वभर फैलिएका नेपाली युवा तथा दोस्रो पुस्तासँग प्रत्यक्ष रूपमा जोडिने, उनीहरूको आवाजलाई सशक्त बनाउने र संगठनलाई अझ गतिशील बनाउने अवसर हो।
थापाले आफूलाई गरिएको विश्वासलाई उच्च सम्मानका साथ स्वीकार गर्दै पूर्ण समर्पण, पारदर्शिता र परिणाममुखी कार्यशैलीका साथ दायित्व निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले निकट भविष्यमै विभागका लागि स्पष्ट, व्यवहारिक तथा प्रभावकारी कार्यादेश (Terms of Reference – TOR) र विस्तृत कार्ययोजना सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिएका छन ।
उनले विशेषगरी विश्वभर रहेका नेपाली युवालाई संगठित गर्ने, उनीहरूको क्षमता विकास, नेतृत्व विकास, सीप अभिवृद्धि तथा रोजगारी र उद्यमशीलतासँग जोड्ने कार्यक्रमहरू अघि बढाउने योजना रहेको बताएका छन्। साथै दोस्रो पुस्ताका नेपालीहरूलाई आफ्नो भाषा, संस्कृति र पहिचानसँग जोड्ने अभियानलाई पनि प्राथमिकतामा राखिने उनले स्पष्ट पारे।
थापाका अनुसार, “हामी सबैको साझा उद्देश्य ‘नेपालीका लागि नेपालीद्वारा’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै विश्वभर रहेका युवाशक्तिलाई एकीकृत गर्नु आजको आवश्यकता हो।” उनले युवाहरूलाई संगठनभित्र सक्रिय सहभागिता गराउँदै नीति निर्माण तहसम्म उनीहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने दिशामा काम गर्ने बताएका छन ।
उनले OB, RC, DRC, ICC सदस्यहरू तथा NCC अध्यक्षहरूसँग सहकार्य गर्दै दक्ष, समावेशी र परिणाममुखी टोली निर्माणमा विशेष जोड दिने उल्लेख गरे । संगठनलाई प्रविधिमैत्री, पारदर्शी र प्रभावकारी बनाउँदै युवामुखी कार्यक्रमहरूलाई प्राथमिकता दिने उनको योजना छ ।
थापाले आफूले युवाका लागि धेरै ठोस र परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै विश्वभरका नेपाली युवालाई एउटै प्लेटफर्ममा ल्याएर उनीहरूको क्षमता र सम्भावनालाई राष्ट्र निर्माणसँग जोड्ने लक्ष्य राखेको बताएका छन ।
एनआरएनए
आईसीसी भित्र युवा तथा दोस्रो पुस्ताको सहभागिता, नेतृत्व विकास र सशक्तिकरणका लागि यो नियुक्तिले नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।

Screenshot

Screenshot

प्रतिक्रिया
सम्बन्धित समाचार