शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

हुण्डाई नेपालको ‘हुण्डाईसँग शुभ यात्रा २०८३’ नयाँ वर्ष अफर सुरु

बुधबार, चैत्र १८ २०८२

काठमाडौं(जस)–नेपालका लागि हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा । लि ।ले नयाँ वर्षलाई स्वागत गर्दै ‘हुण्डाईसँग शुभ यात्रा २०८३’ अफर घोषणा गरेको छ । यस नयाँ वर्ष हुण्डाईसँग सुरु गर्न चाहने ग्राहकहरूका लागि यस अफरमा आकर्षक सुविधाहरू छन् । यस विशेष अफरअन्तर्गत ग्राहकहरूले छनोट गरिएका हुण्डाई मोडेलहरूमा १,७५,००० रूपैयाँसम्म नगद छुट र ९६,००० रूपैयाँसम्म नयाँ वर्ष बोनस पाउन सक्नेछन् । साथै, एक वर्षसम्मको निःशुल्क बीमा र सवारी कर, साथै मुल्यांकन एक्सचेन्ज सुविधा पनि उपलब्ध हुनेछ, जसले गाडी किन्ने अनुभवलाई अझ सजिलो र फाइदाजनक बनाउँछ ।
यस अफरलाई अझ आकर्षक बनाउँदै, हुण्डाईले आफ्ना भरपर्दा बिक्रीपछिका सेवाहरू पनि निरन्तर दिँदै आएको छ । यसअन्तर्गत ६ वर्षसम्मको निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी समावेश छ, जसले गुणस्तर, भरपर्दोपन र दीर्घकालीन ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धता देखाउँछ । नेपालप्रतिको आफ्नो प्रतिबद्धता थप मजबुत बनाउँदै, हुण्डाई नेपालले पछिल्लो दुई वर्षदेखि क्रेटा र भेन्यू जस्ता लोकप्रिय मोडेलहरू नेपालमै एसेम्बल गर्दै आएको छ, जहाँ पूर्ण रूपमा नेपाली इन्जिनियर र दक्ष जनशक्तिको प्रयोग गरिएको छ । ५ अर्ब रुपैयाँभन्दा बढी लगानी गरिएको यस पहलले देशभित्रै क्षमता विकास, स्थानीय सीप प्रवद्र्धन र औद्योगिक विकासमा योगदान पु¥याइरहेको छ ।
लोकप्रिय मोडेलहरू र ग्राहकमैत्री सुविधासहित यो अभियानले नयाँ वर्ष २०८३ को सुरुवातलाई ग्राहकहरूका लागि अझ फाइदाजनक र विशेष बनाउने लक्ष्य राखेको छ । हुण्डाई नेपालले सबैमा नयाँ वर्षको हार्दिक शुभकामना व्यक्त गर्दै, नजिकको हुण्डाई सोरुममा गई यस अफरबारे जानकारी लिन र २०८३ को सुरुवात विशेष सुविधासहित मनाउन सबैलाई आमन्त्रण गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार