शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

फोर्ड नेपालको धमाका: एउटा फोर्ड गाडी किन्दा विद्युतीय गाडी सित्तैमा

शनिबार, चैत्र १४ २०८२

काठमाडौँ(जस)–नेपालका लागि फोर्ड गाडीको आधिकारिक बिक्रेता जी.ओ. अटोमोबाइल्स (जी.ओ. फोर्ड) ले अटोमोबाइल बजारमा एउटा निकै ठूलो र आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले ुद्यगथ ब ँयचम, न्भत बल भ्ख् ँचभभु नामक अभियान सुरु गर्दै आफ्ना प्रिमियम एसयूभी (क्ग्ख्) र पिकअप गाडीको खरिदमा नयाँ विद्युतीय गाडी (इभी ) उपहार दिने घोषणा गरेको हो ।
नेपालमा सम्भवतः पहिलो पटक ल्याइएको यो अफर अन्तर्गत ग्राहकहरूले फोर्डका चर्चित मोडेलहरू— एभरेष्ट (भ्खभचभकत), ¥याप्टर (च्बउतयच), वा रेन्जर (च्बलनभच) खरिद गर्दा एक ब्रान्ड न्यु इलेक्ट्रिक गाडी पूर्ण रूपमा निःशुल्क प्राप्त गर्नेछन् । बढ्दो इन्धनको मूल्य र वातावरणमैत्री यातायातमा बढ्दो चासोलाई ध्यानमा राख्दै जी.ओ. अटोमोबाइल्सले यो ‘टु–इन–वान’ अफर ल्याएको बताएको छ । यस योजनामार्फत ग्राहकले लामो यात्राका लागि फोर्डको शक्तिशाली र भरपर्दो इन्जिनको आनन्द लिनुका साथै सहरभित्रको दैनिक यात्राका लागि किफायती विद्युतीय गाडीको प्रयोग गर्न सक्नेछन् ।
जी.ओ. अटोमोबाइल्सका प्रवक्ताका अनुसार, यो अफर नेपाली ग्राहकहरूलाई थप मूल्य र सुविधा प्रदान गर्ने उद्देश्यले ल्याइएको हो । “हामी हाम्रा ग्राहकहरूले फोर्डको रोमाञ्चक ड्राइभिङ अनुभव र इलेक्ट्रिक गाडीको व्यावहारिकता दुवै एकैसाथ पाउनुहोस् भन्ने चाहन्छौँ,“ प्रवक्ताले जानकारी दिए । हाल थाइल्याण्डबाट आयात गरिएका फोर्डका ल्भहत–न्भल भ्खभचभकत २.०ी द्यष्–त्गचदय, ल्भहत–न्भल च्बलनभच २.०ी र ल्भहत–न्भल च्बउतयच ३.०ी मोडेलहरू नेपालमा उपलब्ध छन् ।
काठमाडौँको थापाथलीमा रहेको ४,६०० स्क्वायर फिटको सुविधासम्पन्न शोरूम र १८,००० स्क्वायर फिटको आधुनिक वर्कशपमार्फत कम्पनीले गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । यो अफर सीमित अवधिको लागि मात्र लागु हुने कम्पनीले जनाएको छ । एउटै गाडीको मूल्यमा दुईवटा गाडी घर लैजान पाइने यो सुवर्ण अवसरले फोर्डका पारखीहरूमाझ नयाँ उत्साह थपेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार