काठमाडौँ(जस)–विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकले जनचेतना जगाउने उद्देश्यका साथ ५ किलोमिटर लामो प्रभातफेरी (वाकाथन) सम्पन्न गरेको छ । सन् २०२६ को विश्व पानी दिवसको नारा “ध्बतभच बलम न्भलमभच” सँग ऐक्यबद्धता जनाउँदै सुरक्षित पानी, सरसफाइ र लैङ्गिक समानताको सन्देश प्रवाह गर्न बैंकले यो कार्यक्रम आयोजना गरेको हो ।
पानीको सदुपयोग र सरसफाइको महत्त्व झल्काउने प्लेकार्डसहित नक्साल नारायणचौरबाट सुरु भएको वाकाथन हात्तीसार, पुतलीसडक, रत्नपार्क, दरबारमार्ग हुँदै पुनः नक्साल पुगेर टुंगिएको थियो । सामाजिक सञ्जालमार्फत गरिएको आह्वानमा २६४ महिला र ४३३ पुरुष गरी ६९७ भन्दा बढी सर्वसाधारणले यसमा सहभागिता जनाएका थिए ।