शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

आइतबारदेखि सडकमा एमाले: ओली पक्राउविरुद्ध विधिवत आन्दोलन, नेताहरुलाई जिम्मेवारी बाँडफाँट

शनिबार, चैत्र १४ २०८२

काठमाडौं ,नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली पक्राउ प्रकरणले थप राजनीतिक उथलपुथल निम्त्याइरहेका बेला एमालेले आन्दोलनलाई अझ व्यवस्थित र आक्रामक बनाउने निर्णय गरेको छ । पार्टीले आइतबारदेखि देशव्यापी रूपमा विधिवत प्रतिवादमा उत्रने घोषणा गरेको हो।
शनिबार बसेको सचिवालय बैठकले यसअघि सार्वजनिक गरेका आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिँदै अब आन्दोलनलाई संरचित ढंगले अघि बढाउने रणनीति तय गरेको छ। आन्दोलनलाई प्रभावकारी बनाउन पार्टीका शीर्ष नेताहरुलाई जिम्मेवारीसमेत बाँडफाँट गरिएको बताइएको छ।
एमाले महासचिव शंकर पोखरेल ले ओलीसँगै रमेश लेखकको पक्राउको कडा निन्दा गर्दै तत्काल रिहाइको माग गरेका छन्। उनले सरकारको कदमलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भन्दै लोकतन्त्र र विधिको शासनमाथि गम्भीर प्रश्न उठाएको टिप्पणी गरेका छन्।
यसैबीच, पार्टीले गौरीबहादुर कार्की आयोग प्रति पनि असहमति जनाउँदै उक्त आयोगको निष्कर्ष र प्रक्रिया दुवैप्रति प्रश्न उठाएको छ। एमालेको दाबी छ—निष्पक्ष छानबिनको नाममा राजनीतिक लक्षित कारबाही भइरहेको छ।
एमालेले अब आन्दोलनलाई देशव्यापी बनाउँदै अन्य दल, नागरिक समाज र लोकतन्त्र पक्षधर शक्तिहरूसँग सहकार्य गर्ने रणनीति लिएको छ। ओली पक्राउसँगै सुरु भएको राजनीतिक टकराव अब सडक र संगठन दुवै तहमा अझ चर्किने संकेत देखिएको छ, जसले आगामी दिनमा मुलुकको राजनीतिक दिशा नै प्रभावित पार्न सक्ने आँकलन गरिएको

प्रतिक्रिया
सम्बन्धित समाचार