शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

३६ वर्षीय बालेन्द्र शाहको नेतृत्वमा ४० वर्ष औसत उमेरका युवा मन्त्रिपरिषद,कस्को उमेर कति ?

शुक्रबार, चैत्र १३ २०८२

काठमाडौं, जनताको अभूतपूर्व म्यान्डेटसहित प्रधानमन्त्री नियुक्त भएका बालेन्द्र शाहको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद् नेपालको लोकतान्त्रिक इतिहासकै सबैभन्दा युवा क्याबिनेटको रूपमा स्थापित भएको छ । ३६ वर्षको उमेरमै प्रधानमन्त्री बनेका शाह हालसम्म नेपालका सबैभन्दा कान्छा प्रधानमन्त्री समेत हुन्।
नवनिर्मित मन्त्रिपरिषद्को औसत उमेर ४० वर्ष रहेको छ, जसले नेपाली राजनीतिमा पुस्तान्तरणको स्पष्ट संकेत दिएको छ । युवाहरूको बढ्दो सहभागिताले नीतिगत निर्णयहरूमा नवीन सोच, ऊर्जा र परिणाममुखी कार्यशैलीको अपेक्षा बढाएको छ।
मन्त्रिपरिषदमा सबैभन्दा  ज्येष्ठ सदस्य अर्थमन्त्री स्वर्णिम वाग्ले रहेका छन्, उनको उमेर ५१ वर्ष छ । त्यसैगरी कानुन मन्त्री सोबिता गौतम (३० वर्ष), शिक्षा मन्त्री सस्मित पोखरेल (२९ वर्ष) लगायत युवा अनुहारहरूको सशक्त उपस्थिति देखिन्छ।
अन्य मन्त्रीहरूमा गृहमन्त्री सुधन गुरुङ (३८), परराष्ट्र मन्त्री शिशिर खनाल (४७), ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ (४४), सामान्य प्रशासन मन्त्री प्रतिभा रावल (३२), कृषि मन्त्री गीता चौधरी (३३), सञ्चार मन्त्री विक्रम तिमिल्सिना (४३), श्रम मन्त्री दीपक साह (३४), भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल (३५), पर्यटन मन्त्री खड्क पौडेल (४६), महिला तथा बालबालिका मन्त्री सीता वादी (३०) र स्वास्थ्य मन्त्री निशा मेहता (३८) रहेका छन्।
यो युवा क्याबिनेटले शासन प्रणालीमा ताजगी, पारदर्शिता र प्रभावकारीता ल्याउने अपेक्षा गरिएको छ। विशेषगरी रोजगारी, आर्थिक सुधार, सुशासन र प्रविधिमैत्री प्रशासनमा नयाँ ऊर्जा थपिने विश्वास गरिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, यस्तो युवा नेतृत्वले देशको विकासको गति तीव्र बनाउने मात्र होइन, जनताको अपेक्षा पूरा गर्ने दिशामा ठोस परिणाम दिन सक्ने सम्भावना उच्च देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार