शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

कपिलवस्तुमा ईद हर्सोल्लासका साथ मनाइदै,मेयर पौडेल र बिधायक पाण्डेद्वारा शुभकामना

शनिबार, चैत्र ७ २०८२

इमरान खान,कपिलवस्तु-इस्लामीक पात्रो हिजरी संवत अनुसार दशौँ महिनाको पहिलो दिन चैत ७ गते शनिवार देशभरका मुसलमानहरुले नयाँ-नयाँ लुगा लगाई नमाज पाठ गरी ठूला बडाबाट आशीर्वाद लिएर ईद- उल -फित्र (ईद) पर्व मनाएका छन ।
मुस्लिमहरु विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूला बडाकहाँ गएर एक आपसमा अकंमाल गरी आशीर्वाद तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । कपिलवस्तुको कृष्णनगर, चन्द्रौटा , पकडी, तौलिहवा लगायत जिल्लाभरीका ठूला बडाबाट आशीर्वाद लिएर ईद- उल -फित्र (ईद) पर्व मनाएका छन ।आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायतका मीठा परिकारका खानेकुरा खान दिने चलन छ । खुशीपूर्वक गरिबलाई दान गरिने भएकाले यो पर्वलाई ईद -उल- फित्र भनिएको हो ।अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईद -उल- फित्र (ईद) मनाउने गरिन्छ । यो पर्वको अर्को उल्लेखनीय पक्ष गरिबलाई दान दिनु हो । यस उत्सवमा इस्लाम धर्मावलम्बीहरुले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ ‘कुरान’ मा उल्लेख गरिएको कपिलवस्तुका पेश इमाम हजरत मौलाना अली हसन निजामीले बताए । यसरी दान गरिएको नगद वा जिन्सी गरिबलाई बाँडिन्छ जसलाई जकात भनिन्छ । ईद- उल- फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन जसलाई सदका फितर भनिन्छ । सो दान पनि गरिबलाई नै दिइन्छ ।

मुस्लिम समुदायहरुको एक महिना लामो व्रत (रोजा) सकिएपछि यो चाड मनाउने गर्छन । एक महिनासम्म दिनभर पानी पनि सम्म नखाई रोजा बर्त बसी साँझतिर इफ्तार गरी रोजा वर्त खोल्ने गर्दछन ।पर्वका अवसरमा इस्लाम धर्मावलम्बीहरुले नयाँ-नयाँ कपडा लुगा लगाई ईदगाहमा (मस्जिद) गई ईदको नमाज पढी साथीभाइकहाँ गएर ईदको शुभकामना आदानप्रदान गर्छन ।

मौसमका कारण यसपालि ईदको नमाज जमा मस्जिदमा पढाईएको छ सो अवसरमा ईदका दिन जमा मस्जिदमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य सुधाकर पाण्डे, युवा नेता तथा कपिलवस्तु नगरपालिका नगर प्रमुख सुदिप पौडेल तथा नेपाली काँग्रेसका युवा नेता अनुप पाण्डेले मुस्लिमहरु सित अंकमाल गरी शुभकामना अदान प्रदान गरेका छन ।

समाजसेवी मुमताज खाँले भने ”ईद – उल फित्र (ईद) संयमता, धेर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाडपर्व हो ईद ।” ”यस पर्वले राष्ट्रिय एकता, अखण्डता, आपसी मित्रता, सामाजिक र साँस्कृतिक सद्भाव तथा धार्मिक सहिष्णुता थप सुदृढ बनोस राष्ट्र निर्माणमा तथा विकासको गति तिब्र रुपमा अघि बढोस र समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना साकार होस । ” उनले बताए । मुस्लिम आयोगका कार्यबाहक अध्यक्ष महम्मदीन अलीका अनुसार बिहीबार चन्द्रमा नदेखिएकाले नेपालमा ईद शनिबार नै पर्ने निश्चित भएको हो । उनले सार्वजनिक बिदासम्बन्धी कुनै अन्यौल नराख्न आग्रह गर्दै शनिबार नै पर्व परेकाले सरकारसमक्ष छुट्टै सार्वजनिक बिदा प्रस्ताव नगर्ने स्पष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित समाचार