शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

एनआरएनएमा झण्डै दुई दर्जन उपाध्यक्ष, अझै थपिने

बुधबार, चैत्र ४ २०८२

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमितिमा झण्डै दुई दर्जन उपाध्यक्ष चयन भएका छन्।

नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा रविन शेरचन चयन भएका छन् । यसैगरी प्रथम उपाध्यक्षमा खगेन्द्र न्यौपाने चयन भएका छन् ।
महाधिवेशनले २१ जना खुला उपाध्यक्षसहित महिला र युवा गरी कुल २३ जना उपाध्यक्ष चयन गरेको हो । उपाध्यक्षहरूमा
न्यौपानेसहित रामशरण सिंखडा, मनोज कुमार श्रेष्ठ, रोजिना प्रधान राई, लोकप्रसाद दाहाल, प्रविन गुरुङ,विश्वदीप तिगेला,बुद्धि सुवेदी,रोशन थापा, चिन्तामणि सापकोटा,जुनु गुरुङ,टंकप्रसाद गैरे,
तिलक गैरे, दधिबल खड्का र दिनेश पोखरेल रहेका छन्।

त्यसैगरी, रविन बज्राचार्य, गोपीकृष्ण काफ्ले, डा. ज्ञानेन्द्र रेग्मी, कमलमणि महेन्द्र ओली, पूर्णचन्द्र बानियाँ पनि उपाध्यक्षमा निर्वाचित भएका छन् । महिला उपाध्यक्षको जिम्मेवारी राधिका गुरुङ ‘टिका’ र युवा उपाध्यक्षको जिम्मेवारी भिमसेन थापाले पाएका छन् ।

संघभित्र विभिन्न क्षेत्र र समूहको प्रतिनिधित्व मिलाउन उपाध्यक्ष संख्या बढाइएको हो। संघका अध्यक्ष डा. हेमराज शर्माले आवश्यक परे थप उपाध्यक्ष पनि चयन गरिने बताए ।

एनआरएनएको १२औँ महाधिवेशन फागुन ३० देखि चैत २ सम्म काठमाडौँमा सम्पन्न भएको हो । विभिन्न समूहमा रहेका एनआरएनलाई मिलाउन परेकाले उपाध्यक्षसहितको सबै टिम जम्बो भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार