शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

इन्फिनिक्सले नेपाली बजारमा नोट ६० सिरिज र नोट एज सार्वजनिक गर्दै

बुधबार, चैत्र ४ २०८२

काठमाडौं(जस)–नेपाली स्मार्टफोन बजारमा नयाँ तरंग ल्याउने तयारीका साथ इन्फिनिक्सले आफ्ना अत्याधुनिक उत्पादनहरू नोट ६० प्रो, नोट ६० र नोट एज आगामी २० मार्च २०२६ मा आधिकारिक रूपमा सार्वजनिक गर्ने भएको छ । यो नयाँ सिरिजले विशेष गरी उच्च मूल्यका स्मार्टफोनहरूलाई प्रत्यक्ष चुनौती दिने लक्ष्य राखेको छ । कम्पनीले फ्ल्यागशिप स्तरका विशेषताहरूलाई किफायती मूल्यमा उपलब्ध गराउँदै नेपाली प्रयोगकर्ताहरूका माझ एउटा नयाँ मानक स्थापित गर्ने रणनीति लिएको देखिन्छ ।
यस लाइनअपको मुख्य आकर्षणको रूपमा रहेका नोट ६० प्रो र नोट ६० लाई कम्पनीले “सुट अप, देशको नोट” अभियानका साथ प्रस्तुत गरेको छ । उच्च कार्यक्षमता, भरपर्दोपन र आकर्षक डिजाइन खोज्ने प्रयोगकर्ताहरूलाई लक्षित गरी बनाइएका यी डिभाइसहरूले नेपालमा मिड–प्रिमियम स्मार्टफोन अनुभवलाई नयाँ ढङ्गले परिभाषित गर्ने अपेक्षा गरिएको छ । यी फोनहरू केवल सामान्य सुधार मात्र नभएर स्मार्टफोनको एउटा नयाँ श्रेणीको सुरुवात भएको दाबी कम्पनीले गरेको छ ।
प्राविधिक पक्षलाई हेर्दा नोट ६० प्रो मा शक्तिशाली स्न्यापड्रागन ७एस जेन ४ फाइभजी पर्फर्मेन्स प्लेटफर्म प्रयोग गरिएको छ भने यसलाई ३डी आइसकोर भिसी कुलिङ प्रविधिले थप सुदृढ बनाएको छ । यसले गर्दा भारी काम वा गेमिङ गर्दा पनि फोन तातिने समस्या नहुने र स्मूथ चल्ने बताइएको छ । त्यस्तै, नोट ६० मा डाइमेन्सिटी ७४०० अल्टीमेट फाइभजी चिपसेट जडान गरिएको छ, जसले दैनिक प्रयोगका लागि पावरफुल र किफायती कार्यक्षमता प्रदान गर्नेछ । यसैगरी, यो लाइनअपलाई पूर्णता दिन प्रिमियम डिजाइनमा नोट एज पनि आउँदैछ । “सुट अप विथ एलिगेन्स” सन्देशसहित आउन लागेको यस फोनमा विश्वकै पहिलो मिडियाटेक डाइमेन्सिटी ७१०० फाइभजी प्लेटफर्म प्रयोग गरिएको छ ।
यसमा ३डी–कभ्र्ड १.५के आई–केयर डिस्प्ले जडान गरिएको छ, जसले प्रयोगकर्तालाई उच्च गुणस्तरको दृश्य अनुभव दिनुका साथै आँखाको सुरक्षामा पनि ध्यान दिनेछ । यसमा लामो समयसम्म सफ्टवेयर अपडेट र सुरक्षा अपडेटको सुविधा समेत उपलब्ध हुने जानकारी दिइएको छ । विशेषताहरूका आधारमा यो सिरिज निकै शक्तिशाली देखिएको छ । यसमा १४४ हर्जको १.५के अल्ट्रा एचडीआर सिनेमाटिक डिस्प्ले र ६५०० एमएएच क्षमताको शक्तिशाली ब्याट्री समावेश छ, जुन ६ वर्षसम्म टिक्ने क्षमताको रहेको दाबी गरिएको छ । साथै, फास्ट चार्जिङ, वायरलेस चार्जिङ सपोर्ट, ५० मेगापिक्सेलको लाइभ फोटो मोड क्यामेरा र प्रिमियम मेटल डिजाइनले यी फोनहरूलाई थप आकर्षक बनाएका छन् । स्मार्टफोनहरूको आधिकारिक मूल्य भने सार्वजनिक कार्यक्रममा मात्र घोषणा गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार