शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

नेपाल बैंकले ल्यायो ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्ने योजना

मंगलबार, चैत्र ३ २०८२

काठमाडौं(जस)–नेपाल बैंक लिमिटेडले आफ्ना कर्जा ग्राहकहरूलाई लक्षित गर्दै ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्ने आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार वि.सं. २०७९ चैत मसान्तअघि खराब वर्गमा वर्गीकरण भएका रु. १ करोडसम्मका बक्यौता सावाँ भएका खराब तथा अपलेखित कर्जा ग्राहकहरूले वि.सं. २०८३ असार मसान्तभित्र तोकिएका शर्त पूरा गरी ब्याज छुटको सुविधा उपभोग गर्दै कर्जा चुक्ता गर्न सक्नेछन् ।
यस्तै, वि.सं. २०८० वैशाख १ गतेपछि निष्क्रिय तथा सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले वि.सं. २०८२ चैत मसान्तभित्र बक्यौता सावाँ र ब्याज भुक्तानी गरी कर्जा चुक्ता वा नियमित गरेमा पनि ब्याज छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकले सम्बन्धित ग्राहकहरूलाई आफ्नो नजिकको शाखा कार्यालयमा सम्पर्क गरी उक्त सुविधाको लाभ लिन आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार