सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एभरेष्ट बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने

मंगलबार, चैत्र ३ २०८२

लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक
काठमाडौं(जस)–एभरेष्ट बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले उक्त ऋणपत्रको निष्कासन तथा बिक्री व्यवस्थापनका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको जनाएको छ । बैंकले “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८८” नामक ऋणपत्र जारी गर्ने तयारी गरेको हो। प्रति इकाइ १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख इकाइ ऋणपत्र निष्कासन गरिनेछ ।
यसमध्ये ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरका १२ लाख इकाइ सर्वसाधारणका लागि खुला गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरका १८ लाख इकाइ व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । ६ वर्षे अवधिको उक्त ऋणपत्रमा वार्षिक ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ । ब्याज भुक्तानी अर्धवार्षिक रूपमा, प्रत्येक ६ महिनामा गरिने व्यवस्था छ । ऋणपत्र निष्कासनसम्बन्धी सम्झौतामा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार