शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर चार म्याग्निच्युडको भूकम्प

मंगलबार, चैत्र ३ २०८२

काठमाडौं । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार बिहान धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार, बिहान १० बजेर १२ मिनेटमा दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि, फागुन २२ गते बझाङको चैनपुर आसपास केन्द्रविन्दु भएर ३।६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यसअघि, फागुन १५ गते ताप्लेजुङको तोप्केगोला आसपास केन्द्रविन्दु भएर ४।७ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

४ म्याग्निच्युडसम्मका धक्का खासै असरदार नहुने भूकम्पविद्को भनाइ छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार