पाँचथर, १ चैतः पाँचथरको तुम्बेवा गाउँपालिका–१ ढुकुरे डाँडागाउँमा खाली रहेका तथा भत्किएका घरहरु । विसं २०७० पछि पर्याप्त वर्षा नहुँदा खानेपानीका मुहानहरु सुक्नुका साथै अन्न उत्पादन हुन छाडेपछि ढुकुरे गाउँका दुई दर्जनभन्दा बढी घर परिवार बसाँइ सरेर पूर्वी तराईका झापा, मोरङ र सुनसरी गएका छन् । अहिले यहाँ सडक र विद्युत सेवा विस्तार भएपनि बसाइँसराई र खानेपानी पर्याप्त नभएका कारण गाउँमा निकै कम मानिसहरु भेटिन्छन् । तस्बिरः रवीन्द्र काफ्ले/रासस