बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

दमौलीमा विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति

शुक्रबार, फाल्गुन २९ २०८२

दमौली, तनहुँ, २९ फागुनः व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा करिब रु दुई लाख बराबरको धनमाल क्षति भएको छ ।

व्यास नगरपालिका–१ विज्ञानचौरका शिव ताम्राकार र सोही नगरपालिका–६ बाह्रबिसेका पूर्णबहादुर श्रेष्ठले संयुक्त रुपमा सञ्चालन गरेको होटलमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले बताउनुभयो । स्थानीय र प्रहरीको सहयोगमा आगो निभाइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार