सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

धरानमा पार्किङ गरी राखिएका तीनवटा बसमा आगलागी

बुधबार, फाल्गुन २७ २०८२

धरान। धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङ गरी राखिएका यात्रुबाहक बसमा राति आगलागी हुँदा तिन वटा बस पूर्ण रूपमा जलेको छ ।

इलालाका प्रहरी कार्यालय धरानको अनुसार मङ्गलबार राति करिव १० बजे आगलागी भएको खबर प्राप्त भई कार्यालयबाट प्रहरी निरीक्षक जीवन कुँवरको कमान्डमा प्रहरी टोली खटिएको थियो ।

नेपाल प्रहरी र दमकलको संयुक्त प्रयासमा आगो करिब १०ः४० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगलागीमा को १ ख ६२७४, प्र १–०१–००१ ख ४०३७ र बा ४ ख ५७५९, नम्बरका तिन वटा बस पूर्ण रूपमा जलेको छ भने को १ ख ३८४७, बा ५ ख ५८१४ र बा ५ ख ५८०९ नम्बरका बसमा आंशिक क्षति पुगेको इलाका प्रहरी कार्यालयको प्रमुख प्रहरी नायब उपरीक्षक भिषणबावु राईले जानकारी दिनुभयो ।

घटनामा कुनै मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ । आगलागीको कारण तथा अन्य विवरण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको कार्यालयको प्रमुख प्रहरी नायब उपरीक्षक राईले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार