इमरान खान
कपिलवस्तुमा एलपी ग्यासमा कालोबजारी बढेपछि जिल्ला प्रशासन कार्यालयले सुचना जारी गर्दै कारबाही गर्ने भएको छ । मंगलबार प्रशासनले एक सूचना जारी गर्दै ग्यासको कृत्रिम अभाव सृजना र कालोबारी गरिएको पाइएमा कडा कार्यवाही गर्ने चेतावनी दिएको हो ।
सहयाक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले सुचना जारी गर्दै उपभोक्ताहरुले सहजरुपमा ग्यास नपाएको जनगुनासोप्रति गम्भीर ध्यानाकषर्ण भएको जनाएका छन् ।
प्रशासनले कृत्रिम अभावको सृजना गरिएको पाईए कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ तथा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ ।
उपोक्ताहरुले दैनिक रुपमा प्रयोग गर्ने अत्यावश्यक वस्तु एलपी ग्यास कसैले कृत्रिम अभाव सूजना गरी लुकाई छिपाई विक्री वितरण गर्ने भण्डारण गर्ने र बढी मुल्य लिई बिक्री गर्ने कार्य अमानवीय र कानुन विपरित रहेको बताउँदै प्रशासनले ग्यासको भण्डारण, आपुर्ति र बिक्री वितरणका लागि उद्योग व्यवसायी र डिलरहरुलाई जिम्मेवारपूर्वक काम गर्ने आग्रह गरेको छ।
प्रतिसिलिन्डर १९ सय २० रुपैँया पर्ने ग्यासलाई डिलर व्यपारीले कृत्रिम अभावको सृजना गरी ३५ सय देखि ३ हजारसम्म लिएको जनगुनासो आएपछि प्रसासनले सूचना जारी गरेको हो।
