आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

जापानको टोकियोमा गायक सज्जनराज वैद्यको ऐतिहासिक कन्सर्ट भव्य रूपमा सम्पन्न

बुधबार, फाल्गुन २७ २०८२

टोकियो, जापान : नेपाली सुगम संगीतका ढुकढुकी, गायक सज्जनराज वैद्यको सांगीतिक प्रस्तुति जापानको ऐतिहासिक योयोगी नेशनल स्टेडियममा भब्यरूपमा सम्पन्न भएको छ। करिब ३ हजार भन्दा बढी नेपाली युबा यूवती संगीतप्रेमीहरूको उत्साहजनक उपस्थितिका बीच यो कन्सर्ट टोकियोको सांगीतिक इतिहासमै एक स्मरणीय साँझ बन्न सफल भएको हो।

आयोजकले पूर्व निर्धारित समय भन्दा १ घण्टा अगाडि अर्थात् साँझ ५ बजेबाटै कार्यक्रम सुरु गरेको थियो। दर्शकहरूको अत्यधिक माग र क्रेजलाई मध्यनजर गर्दै कन्सर्टको अवधि बढाएर साढे ३ घण्टा पुर्‍याइएको थियो। आफ्नो १५ सदस्यीय ब्याण्डसहित स्टेजमा उक्लिएका सज्जनराजले आफ्ना चर्चित गीतहरू ‘सुन कान्छी, चित्ठी भित्र’, ‘हतास’, र ‘धैर्य’ लगायतका दर्जनौं सिर्जनाहरू प्रस्तुत गर्दा हलभित्रको माहोल निकै गुञ्जायमान बनेको थियो। बिच बिचमा उनले लिएको ब्रेकले माहोलमा झन उत्साह थपेको थियो ।

भब्य स्वागत र विशेष तयारी

हानेदा विमानस्थलमा ओर्लिएदेखि नै भब्य स्वागत पाएका वैद्यले कन्सर्टका लागि टोकियोमै विशेष प्रक्टिस गरेका थिए। उनको प्रस्तुतिमा देखिएको ऊर्जा र स्टेज क्राफ्टले उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध पारेको थियो। जापानमा पहिलोपटक आफ्नो पूर्ण ब्याण्डसहित प्रस्तुत भएका सज्जनको यो कन्सर्टले प्रवासमा नेपाली संगीतको उचाइलाई थप उजागर गरेको छ।

जिएमटी इन्टरनेशनल क. लि. को मुख्य आयोजना तथा रिलायबल लाईफ इन्स्युरेन्सको मुख्य प्रायोजनमा सम्पन्न यस कार्यक्रमको सफलताले आयोजक टोली उत्साहित देखिएको छ। आयोजक कम्पनी जिएमटी इन्टरनेशनलका कार्यकारी प्रमुख तथा वरिष्ठ पत्रकार तिलक मल्लले कार्यक्रम कै बिचमा दर्शक तथा प्रायोजकहरू लाई धन्याबाद ज्ञापन गर्नुभएको थियो कार्यक्रमलाई सफल पार्न इभेन्ट पार्टनर येहे रेमिट्यान्स (Yehey Remit), मिडिया पार्टनर समुद्रपारि डट कम, प्रोमोशन पार्टनर डिसी क्रियशन, हस्पिट्यालिटी पार्टनर डिएनएस कम्पनी रहेको थियो आयोजक समितिका संयोजक बिरेन्द्र शाहीका अनुसार, समय तालिकामा गरिएको परिवर्तनका बाबजुद दर्शकहरूको धैर्यता र उत्साहले कार्यक्रमलाई ऐतिहासिक बनाएको र यो सांगीतिक साँझले जापानमा रहेका नेपाली समुदायबीच एकता र संगीतप्रतिको अगाध प्रेमलाई पुनः पुष्टि गरेको बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार