शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

मंगलबार, फाल्गुन २६ २०८२

डोटी, २६ फागुनः घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको सायल गाउँपालिका–२ ग्वानीकी १६ वर्षीया किशोरी एलिना सिंहको ढिस्कोले पुरिएर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार आज बिहान ९ः४८ बजेतिर घर नजिकैको गौसिल भन्ने ठाउँमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर सिंहको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवर्ण चन्दको नेतृत्वमा चार जनाको टोली घटनास्थलतर्फ प्रस्थान गरेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार