खांदबारी (सङ्खुवासभा), २३ फागुनः सङ्खुवासभाको दुर्गम भोटखोला गाउँपालिकाको थुदाम-२ स्थित दूध पोखरी केन्द्रबाट शनिबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत खाँदबारी ल्याइएको मतपेटिका । फागुन २१ गते निर्वाचन सम्पन्न भएपनि हिजो मौसम खराब भएकाले मतपेटिका आज ल्याइएको हो । तस्बिर: सुजन बज्राचार्य/रासस