काठमाडौं,अभिनेत्री तथा ‘मिथिला क्विन’को उपाधि
प्राप्त कलाकार समिता गिरीले नेपालमा पहिलोपटक ‘लक्जरी होम सैलून’ सेवा सुरु गरेकी छन्। भारतमा लोकप्रिय बनेको होम सैलुन अवधारणालाई नेपालमा भित्र्याउँदै उनले काठमाडौंको चावहिलबाट ‘Salon Time by Aask Me Madam’ नामक सेवाको औपचारिक सुरुआत गरेकी हुन्।
व्यस्त कलाकार र ब्याबसायीहरु पार्लर पुग्दा लामो समय पर्खिनुपर्ने, आफूले चाहेको समयमा सेवा नपाइने समस्याबाट दिक्क भएपछि गिरीले समाधान खोज्ने क्रममा यो व्यवसायिक अवधारणा नेपालमा ल्याउने निर्णय गर्दै नेपाल भित्र्याएकी हुन । त्यसक्रममा उनले भारतमा सफलतापूर्वक सञ्चालन भइरहेको Salon Time को फ्रेन्चाइजी नेपालमा भित्र्याएकी हुन्।
गिरीका अनुसार भारतमा उपलब्ध हुने सेवा, गुणस्तर र प्रविधिलाई नेपालमै उपलब्ध गराउने उद्देश्यले यो सेवा सुरु गरिएको हो। “हामीले भारतमै जस्तो सेवा नेपालमा ल्याएका छौं, रेट पनि धेरै फरक छैन,” उनले बताइन्।
यो सेवा विशेषगरी व्यस्त महिलालाई लक्षित गर्दै सुरु गरिएको हो। अब ग्राहकले पार्लर धाउनुपर्ने छैन, बरु प्रशिक्षित ब्युटिसियन नै ग्राहकको घरमा पुगेर सेवा दिने व्यवस्था गरिएको छ।
यस सेवाको सबैभन्दा विशेष पक्ष भनेको यसको डिजिटल प्लेटफर्म हो। गिरीका अनुसार Salon Tym App मार्फत ग्राहकले आफूलाई उपयुक्त समय छानेर सजिलै बुकिङ गर्न सक्छन्। एप डाउनलोड गरेर वा अनलाइनबाट अर्डर गरेर ग्राहकले घरमै ब्युटी सेवा लिन सक्ने र ब्युटीसम्बन्धि प्रडक्ट लिन सकिने व्यवस्था गरिएको छ।
होम सैलूनमार्फत हेयर कट, हेयर कलर, फेसियल, मेनिक्योर, पेडिक्योर, आइब्रो, नेल केयर, मसाजदेखि प्रोफेशनल मेकअप सम्मका सेवा उपलब्ध हुनेछन्। गिरीका अनुसार सेवा प्रदान गर्दा उच्चस्तरीय ब्युटी प्रोडक्ट मात्र प्रयोग गरिनेछ।
उनले लक्जरी स्तरको सेवा दिनका अन्तर्राष्ट्रिय स्तरका प्रोडक्ट प्रयोग गरिने बताइन्। “हाम्रो उद्देश्य घरमै पार्लरभन्दा राम्रो सेवा दिने हो,” गिरीले भनिन्।
गिरीका अनुसार प्रारम्भिक चरणमा काठमाडौं, ललितपुर, भक्तपुर र कीर्तिपुरमा सेवा विस्तार गरेको बताईन । त्यसपछि जनकपुर, इटहरी,पोखरा र नेपालगञ्जजस्ता प्रमुख शहरमा पनि सेवा विस्तार गरिने उनले बताइन्।
“हामी सबैलाई राम्री देखिन मन लाग्छ, तर समयको अभाव हुन्छ। त्यसैले अब पार्लर होइन, पार्लर नै घरमा ल्याउने प्रयास गरेका छौं,”हामिलाई सेवा गर्ने अवसर दिनोस गिरीले भनिन्।

