काठमाडौँ, गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनको सरगर्मी बढिरहेका बेला संघका उपाध्यक्ष हेमराज शर्मामा मानवीय पक्ष अत्यन्तै कमजोर देखिएको छ । मध्यपूर्वमा युद्धको छाया र सुरक्षा संकट गहिरिँदै जाँदा त्यहाँ रहेका करिब २० लाख नेपाली श्रमिकहरूको सुरक्षा र भविष्यलाई बेवास्ता गर्दै उनले एनआरएनएको निर्वाचनलाई मात्र प्रतिष्ठाको विषय बनाउदै निर्वाचन हुने बिज्ञप्ती जारी गरेका छन ।
रेमिटेन्सको मुहान २० लाख नेपाली श्रमिकहरूको सुरक्षा र भविष्यको बारेमा नेपाल सरकार र सबै राजनितक दलले चिन्ता गरेर बिज्ञप्ती जारी गरिरहदा शर्मालाई भने मानवियता छाडेर अध्यक्ष हत्याउन हतार छ ।
हिजोदेखी मध्यपुर्वमा रहेका २० लाख नेपालीहरु, उनिहरुको नेपालमा रहेका परिवार सुत्न सकेका छैनन । सिङ्गो देश तनावमा भएको बेलामा शर्मालाई एनआरएनएको अधिवेसनको चिन्ताले उनले मध्यपुर्वका नेपालीलाई हेर्ने दृस्टिकोण प्रष्ट भएको छ ।
एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका शर्माले मध्यपूर्वको तनावले निर्वाचनलाई असर नगर्ने र जसरी पनि तोकिएकै समयमा निर्वाचन हुनुपर्ने अडान राखेका छन् । उनले नेपाल आउन समस्या हुने प्रतिनिधिहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न दिएको सुझावलाई मध्यपूर्वमा कार्यरत नेपालीहरूले ‘अमानवीय र गैरजिम्मेवार’ टिप्पणीका रूपमा लिएका छन ।
नेपालको अर्थतन्त्र र एनआरएनएको अस्तित्व नै मध्यपूर्वमा पसिना बगाउने नेपालीहरूको रेमिट्यान्स र योगदानमा टिकेको भए पनि नेतृत्वले उनीहरूको संकटमा साथ दिनुको साटो पद हत्याउने खेलमा मात्र लागेको मध्यपुर्वमा रहेका नेपालीहरुले बताए ।
एक अभियन्ताले एनआरएनएले सधैं मध्यपूर्वका श्रमिकहरूको नाम बेचेर आफ्नो स्वार्थ पूरा गर्दै आएको तर अहिले त्यहाँका नेपालीहरू जीवन-मरणको दोसाँधमा हुँदा डा. शर्मालाई केवल चुनावी जोडघटाउ र अध्यक्षको पद कसरी हत्याउने भन्ने चिन्ता मात्र देखिएको उनले बताए । उनले यस्ता ब्यक्ती संस्थाको अध्यक्ष हुनै नसक्ने दावी गरे ।
डा. शर्मामाथि मध्यपूर्वमा बस्ने नेपालीहरूलाई हेर्ने दृष्टिकोण नै दोषपूर्ण रहेको आरोप समेत लाग्दै आएको छ। विगतमा अक्सिजन सिलिन्डर सहयोगको विषयलाई लिएर दिएको अभिव्यक्ति र मध्यपूर्वमा ‘तल्लो तह’ (लो-लेभल) का मानिसहरू मात्र बस्छन् भन्ने उनको कथित सोचका कारण श्रमिक वर्ग उनीप्रति आक्रोशित बनेका छन। अहिलेको संकटपूर्ण घडीमा समेत चुनाव रोकिन्न भन्नुले उनको प्राथमिकतामा श्रमिकको सुरक्षा नभई शक्ति प्राप्ति मात्र रहेको स्पष्ट हुने अर्का एक अभियन्ताले बताए ।
अहिले एकतर्फ संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गर्दै १९ लाख नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा राख्न अपिल गरेका छन् भने अर्कोतर्फ उपाध्यक्ष शर्माले केवल निर्वाचनको रटान लगाउनुले संघभित्रको आन्तरिक कलह र दृष्टिकोणको भिन्नतालाई समेत उदाङ्गो पारेको छ।
निर्वाचन धाँधलीरहित र विश्वसनीय हुनुपर्नेमा उल्टै अनलाइन मतदानको नाममा धाँधली गरेर नेतृत्व कब्जा गर्ने दाउमा शर्मा र अध्यक्ष केसि लागेको आरोप समेत लागेको छ ।
डा. शर्माको यो गैरजिम्मेवार भूमिकाले गर्दा एनआरएनएभित्र उनको हुनै नहुने आवाज बलियो बन्दै गएको छ। संस्थाको गरिमा जोगाउन र वास्तवमै गैरआवासीय नेपालीहरूको हितमा काम गर्ने नेतृत्वको आवश्यकता रहेको भन्दै संघभित्र र मध्यपुर्वका नेपालीबिच कुनै पनि हालतमा शर्मा अध्यक्ष हुनै नहुने चर्चा चुलिन थालेको छ ।