विनोद दाहाल
बीबीसीले चुनावको मुखमा बधनियतपूर्ण ढङ्गले ब्रोर्डकास्ट गरेको बृत्तचित्र के हो र किन हो ? यो अहिले दिइराख्नु पर्ने उत्तर बनेको छ । बीबीसीले कहिल्यै इमानदार हुने इच्छा गरेन, फट्याइँ बोलेरै साम्राज्यवादको हतियार बनिराखेको छ । अरू सबै घटनाहरू र प्रकृयाहरू लुकाएर गोली आदेशबाट चलेको भनेर मानिसको संवेदनामा खेल्ने र समाज भड्काएर साम्राज्यवादी शक्तिलाई बल दिने बधनियतले ब्रोर्डकास्ट गरेको छ । यो पनि नेपालमाथि साम्राज्यवादको अर्को आक्रमण हो भनेर बुझ्दा नै सहि हुन्छ ।
भदौ २३को दिन गोली हान्नुअघि जेजे गर्नुपर्थ्यो त्यो यो राज्यले नगरेको वा गर्ने क्षमता गुमाएको चाहिँ सत्य हो । यो केपी ओलीको राज्यसत्ताको चरित्र बुझ्ननसकेको कारण र उनको कमजोर राजनीतिक क्षमताको कारण उब्जिएको परिस्थिति थियो । राज्यले परिस्थितिको जानकारी लिने क्षमता नै देखाएन । सेना र प्रहरिको कनेक्सन र नियन्त्र गर्न सरकार चुकेकै थियो । बालबालिकालाई विद्यालय पोशाकमा सडकमा ल्याउन र राजनीतिक आन्दोलनमा ढाल बनाएर आफ्नो घृणित स्वार्थ पूरा गर्न गैरकानुनी आह्वान गर्ने अपराधि तत्त्वहरूलाई बेलैमा नियन्त्रणमा लिएर कारवाही गर्नुपर्ने कुरा पनि गरेन । एकातिरबाट व्यारिकेटमा प्रदर्शनकारी आउने र अर्कोतिरबाट प्रहरीलाई आक्रमण गर्ने योजना बनाएर विध्वंस मच्चाउने योजना साम्राज्यवादीका खेतालाहरूले बनाएको कुरा बेलैमा बुझ्नै सकेन । मुलतः सरकार गठन गर्दा माफिया र अपराधिको लागि बनाउदा जनआक्रोश पोखिन्छ र अराजक तथा अराष्ट्रिय तत्त्वहरूले अवशर लुट्छन् भन्ने नै बुझेको थिएन, यो बेग्लै कुरा हो ।
विध्वंसमा सम्लघ्नहरूले बुझ्ने क्षमता राख्दैनन् । त्यो दिन आफ्नै आँखा अगाडिका भएगरेका केही दृष्य देखेर बनाएको धारणा मात्र हुनसक्छ । उक्त दिन हामी ५ जनाको टिमले लाईभ टिभी, भिडियोहरू र अनलाईन पोर्टलहरूका एक्स्क्ल्युसिभ खबरहरू सकेसम्म धेरै हेरिरहेका थियौं । र यसको अन्तर्यमा कुन शक्तिले यो विध्वंस गर्दैछ भनेर निश्कर्ष निकाल्न तल्लिन थियौं । व्यारिकेटबाट धेरै प्रतिरोध बिनानै सेनासमेतले विध्वंश गर्न अघि बड्न छोडिदिए पछि नै पहिलो कमेन्ट गर्दै सैन्य भूमिकामा प्रश्न उठायौं ।
विध्वंस गर्दै संसदभवन भित्रै छिरेर सुरक्षाकर्मीहरूलाई १०/१२ मिटरको नजिकबाट रड, ईंट्टा र ढुङ्गाहरूले आक्रमण गरिराखेको बेलामा र गेटमा भित्रपटिबाट आगो लगाउँदा धुवाँमा निश्वास्सिंदै गेटको माथि रहेकाहरू हाम्फाल्दै गरेको दृष्य हेरिरहेको बेलामा पनि टियर ग्याँस दुबैतिर प्रहार भैराखेका र पानीका फोहोरा हानीरहेको बेलामा पनि गोली चाहिँ चलिरहेको थिएन । भिडियो र फोटाहरू अझै हेरेहुन्छ । पहिलो दिन पर्खाल भत्काएर भित्र छिरिसकेपछि र गेटमै आगो लगाएपछि (आगो बेलैमा निभ्यो, यो फरक विषय हो) सुरक्षा निकायबाट गोली चल्यो । यो असंवैधानिक र गैरकानुनी थियो कि कि थिएन ? यो अनुसन्धानको विषय हो । यसमा दोषी को हो ? यो पनि छानविन गर्ने विषय हो । सरकार चलाउनेको दायित्त्व के हो ? यो प्रश्नले पनि उत्तरको माग गर्ला वा नैतिक जिम्मेवारिको प्रश्न उठ्नसक्छ, यो धेरैको ज्यान गएकाले गम्भीर सवाल हो ।
भोलीपल्ट त साम्राज्यवादी आक्रमणले देश भस्म नै पारिहाल्यो र नागरिकहरूलाई राज्यबिहीन बनाइहाल्यो र दुष्ट अपराधिहरूलाई झ्यालखानबाटसमेत निकालीहाल्यो नि !