मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

दाङमा बस दुर्घटना हुँदा सात जना घाइते

सोमबार, फाल्गुन ११ २०८२

तुलसीपुर, दाङ० ११ फागुनः दाङमा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । लमहीदेखि घोराहीतर्फ आउँदै गरेको लु २ ख ३२७७ नम्बरको बस आज दुर्घटना हुँदा चार पुरुष र तीन महिला घाइते भएका हुन् ।

दाङ घोराही उपमहानगरपालिका–३ चिसापानी मसोट नजिक बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताउनुभयो । घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार