शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

प्रहरी हवल्दार मृत्यु प्रकरणः थप एक जना पक्राउ

बुधबार, माघ २८ २०८२

खलङ्गा, दार्चुला, २८ माघः सामुदायिक प्रहरी सेवा केन्द्र बङ्गाबगडमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्याका आरोपित थप एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार राजेन्द्र डडाललाई मङ्गलबार साँझ नौगाडबाट पक्राउ गरिएको हो ।

घटनालगत्तै फरार रहेका डडाल भाग्ने क्रममा पक्राउ गरिएको उहाँले बताउनसुभयो । आरोपितमध्ये तीन जना अझै फरार रहेका छन् । घटनामा फरार रहेका अन्य तीन जनाको खोजी भइरहेको छ । प्रहरीले यसअघि यो घटनामा २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार घटनामा संलग्न रहेका अस्मिता बियर बारका सञ्चालक आशिक पाल, लक्ष्मी बडू र मनिस पाल भने अझै फरार छन् । उनीहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार