शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

कम्युनिस्टहरुको किल्ला सिन्धुली-२ मा २०६४ सालको परिणाम दोहोरिनोवाला छ

बुधबार, माघ २८ २०८२

फणीन्द्र फुयाल ज्वाला

सिन्धुली जिल्ला वापन्थीहरुको किल्ला हो । वापन्थीहरु विभेदरहित समाजको परिकल्पना गर्छन् । देशमा अहिले हामीले संविधानतः पाप्त गरेको प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, समाजवादउन्मुख जेसुकै भनौँ, यी वामपन्थी कम्युनिस्टहरुका विचार, योजना, नीति र कार्यक्रहरु हुन् । सत्य र न्यायका पक्षपाति यहाँका वापन्थीहरु नेताहरुले विभेद, अन्याय र अत्याचारकाविरुद्ध पटक–पटक आन्दोलनको नेतृत्व गरेका छन् । चाहे त्यो पञ्चायतविरुद्धको होस् वा राजतन्त्रकाविरुद्ध जनता सचेत बनाउने होस्, सिन्धुली अग्रणी स्थानमा पर्छ । यहाँका कम्युनिस्ट वाम्पन्थीहरुको चेतानस्तर निकै माथि भएकैले गर्दा बहुदल बिरोधी पञ्चेहकाविरुद्ध लाग्दा दुर्गा सुवेदी, दलबहादुर रजनमगर, ऋषि आजाद (देवकोटा) लगायतले शहादत प्राप्त गर्नुपर्यो ।

तत्कालिन नेकपा (माओवादी)ले २०५२ सालदेखि थालनी गरेको सशस्त्र जनयुद्ध देशका तीन जिल्ला सिन्धुली, गोरखा र रोल्पाबाट एकैसाथ सुरुहुँदा सिन्धुलीको सिन्धुली गढी प्रहरी चौकीमा आक्रमण गरि साङ्केतिक कारबाही (विद्रोह) गर्ने नेतृत्व हरिवोल गजुरेलले गरेका थिए । जनयुद्धका क्रममा सिन्धुलीबाट धेरै नेपाली आमाका छोराछोरीहरुले देशका लागि ज्यान अर्पण गरेर शहीद बने । शहीद हुनेहरुमा मोहनचन्द्र गौतम, शेरमान कुँवर, महेन्द्र श्रेष्ठ, कमल देवकोटा, खड्ग देवकोटा, टीका श्रेष्ठ लगायतका सयौँको नाम अग्रपंक्तिमा आउँछन् । जनयुद्धकै क्रममा सिन्धुली पोष्ट साप्ताहिकका सम्पादक चित्रनारायण श्रेष्ठ अझै पनि राज्यको बेपत्ता सूचीमा छन् । जनयुद्धका क्रममा सिन्धुलीबाट सयौँ जनताको प्रत्यक्ष सहभागिता थियो । जनयुद्धमा भूमिगत हुने सिन्धुलीका उपल्लो तहका नेताहरुमा सीपी गजुरेल, हरिवोल गजुरेल, ईश्वारी दाहाल (असारे), महेश्वर दाहाल, गंगानारायण श्रेष्ठ लगायतका शीर्ष नेताहरु छन् ।

जनयुद्धमा सामेल भएका नेताहरु अहिले बिभन्न वामपन्थी राजनीतिक दलमा बिभक्त भएतापनि देशमा अहिले हामीले उपभोग गरेको संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता, आदि जनयुद्धकै उपलब्धिहरु हुन् र यी उपलब्धिहरुमा संविधानतः सबैको समान हक छ । ०६३ सालमा जव जनयुद्धको थालनीकर्ता पार्टी माओवादी दिल्लीमा भएको सात बुँदे सम्झौतामार्फत शान्तिप्रकृयामा आयो, तब माओवादी पार्टीमा बिग्रह, टुटफुट सुरु भयो ।

उनको एकाङ्की कार्यशैलीको आलोचना गर्ने इमान्दार र निष्ठावान नेताहरुलाई पार्टीबाट निस्कासन गरेर उनले आफ्नो खुट्टामा आफैँ बन्चरो प्रहार गरेका छन् । निर्वाचनपछि जव उनै प्रचण्ड संयोजक र माधव नेपाल सह-संयोजक रहेको नेकपमा विचार र सिद्धान्तको बहस सुरु हुनेछ, तव सबै तितरबितर हुने निश्चित छ । त्यतिबेला पक्कै प्रचण्डलाई हरिवोल, महेश्वर, कुलप्रसाद केसीहरुको अभाव खड्किने छ ।

जव नेतृत्व दूरदर्शी नबनेर, संसदीय भासमा डुवेर आफैँले उठाएको एजेण्डाहरु लत्याएर आफूलाई जयजयकार गर्नेहरुका कुरा सुन्न थाल्यो, परिवारवादमा रमायो, ठेक्का, कमिशन र दलालीमा भुल्यो तव त्यो पार्टी सग्लो रहेन । विद्रोह भयो । अरुबाट आफूलाई ‘क्रान्ति नायक’ र ‘सुप्रिमो’ भनिन रुचाउने प्रचण्ड अहिले संसदीय राजनीतिका यति माहिर खेलाडी भएका छन् कि उनले पुराना संसदवादी दलका नेताहरु शेरबहादुर देउवा र केपी ओलीलाईसमेत आफ्नो जादूमय नम्बरले लत्रक्कै पार्नसक्ने भएका छन् । उनमा यो शक्ति प्राप्त हुनु र पुष्पकमललाई ‘प्रचण्ड’ बनाउनुमा तिनै जनयुद्धका सारथीहरु हरिवोल–महेश्वर लगायतका नेताहरुको देन हो । तर अव उनलाई शान्ति प्रकृयामा आएको २० वर्षपछि तिनै सारथीहरुले जायज माग राख्दा काउछोझैँ चिलाउने भएको छ र पार्टीबाट निस्कासन गर्दा हाइसन्चो हुने स्थिती बनेको छ ।

अखिर किन उनी पुराना सारथीहरुलाई चटक्कै छोडेर नयाँसँग पिरती गाँसिरहेका छन् त ? यसको उत्तर सहज छ, किभने प्रचण्ड अव रकममा बिक्ने भइसकेका छन् । उनले मागेजति रकम जसले जुनसुकै बेला दिन्छ, उसैलाई उनी सांसदको टिकट दिने (बिक्री गर्ने) भैसकेका छन् । उनलाई व्यक्तिगत रुपमा हेलिकोप्टर चढेर देश दौडाहमा डुल्दा लाग्ने खर्च जसले जोहो गरिदिन्छ उसैलाई उनी टिक खरिद–बिक्री गर्दै हिँडेका छन् । पार्टीको आन्तरिक बिधि, पद्दती, नियम, अनुशासन त उनका लागि होइन, अरुका लागि मात्र बनाइको छ । कविशिरोमणी लेखनाथ पौड्यालले लेखेको प्रनोत्तर कविताको स्लोक ‘बडाले जो गर्यो यो काम हुन्छ सर्वसम्मत, छैन शंकरको नङ्गा मगन्ते भेष निन्दित’ भन्ने कुरा उनका लागि सामान्य र नगन्य भैसकेको छ । किनकी उनको ‘नङ्गा मगन्ते भेष’ देखेर पनि सुषारेहरु जयजयकार गरिरहेका छन् । उनी मैमत्त शेरझैँ बनेर अरुमाथि डण्डा चलाइरहेका छन् । रत्नपार्कको चटकेझैँ बनेर उनी अरुको नक्कली तालीमा मस्त भुलिरहेका छन् र सिन्धुली–२मा आसन्न प्रतिनिसभाको लागि जिल्ला पार्टीको कार्यदलले सिफारिस गर्दै नगरेका व्यक्ति राजन दाहाल (लेखनाथ) लाई बिरोधका बावजुद पनि टिकट थमाएका छन् ।

चुनावको मुखमा माधव नेपाल लगायतका अन्य कार्यकर्ताबिनाका टाउकाहरु भेला पारेर कम्युनिस्ट एकताको नौटंकी प्रहशननमा रमाइरहेका छन् र पार्टीलाई जोगीले दश ठाउँबाट मागेर ल्याएको दशथरी स्वादको तिहुँन जस्तै बनाएका छन् । उनको एकाङ्की कार्यशैलीको आलोचना गर्ने इमान्दार र निष्ठावान नेताहरुलाई पार्टीबाट निस्कासन गरेर उनले आफ्नो खुट्टामा आफैँ बन्चरो प्रहार गरेका छन् । निर्वाचनपछि जव उनै प्रचण्ड संयोजक र माधव नेपाल सह-संयोजक रहेको नेकपमा विचार र सिद्धान्तको बहस सुरु हुनेछ, तव सबै तितरबितर हुने निश्चित छ । त्यतिबेला पक्कै प्रचण्डलाई हरिवोल, महेश्वर, कुलप्रसाद केसीहरुको अभाव खड्किने छ ।

यस्तो छ राजन दाहालमाथि लाग्ने गरेको आरोपः

प्रचण्डले टिकट थमाएका राजन दाहाल जनयुद्धका क्रममा २०५५ साल असार २० गते सिन्धुली जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका भडौगाको अरोप लाग्ने गरेको छ । उनी २०६३ सालमा शान्ति वार्तापछि नेकपा माओवादीको पार्टी सम्पर्कमा आएका हुन् भन्ने गरिन्छ । प्रचण्डले भनेझैँ राजन दाहाल राष्ट्रकै स्वाभिमान उचो पार्न सक्ने उर्जावान् युवा नेता होइनन् भन्ने सिन्धुली नेकपाकै अधिकाँश नेता तथा कार्यकर्ताहरुको भनाई र बुझाई छ । कतिपयले उनलाई सिन्धुली बजारमा नै महल ठड्याउन सफल भ्रष्टाचारी भएको पनि भन्ने गरेका छन् । उनी मुलुकको व्यवस्था वदल्न होइन, आफ्नो अवस्था वदल्न समर्पित र बौद्धिक, तार्किक बहस भन्दा पनि पाखुरा सुर्किन काविल रहेको धेरैले भन्ने गरेका छन् । यसअघि सदनमा चर्का कुरा गरेर र प्रचण्डको प्रसंशा गरेरै उनले प्रचण्डको मन जितेको तर नेतृत्वका गलत कामको आलोचना नगर्दा नै उनी टिकटबाट पुरस्कृत भएको नेकपा समर्थित सिन्धुलीका मात्र होइन, अन्यत्र जिल्लाका नेताहरुको भनाई पनि सुनिन्छ । त्यहि भएर सिन्धुली क्षेत्र नं.–२ वाट उनै भुइमान्छेका नेता, आलोचक, बौद्धिक र अध्ययनशील महेश्वर दहाललाई जिताउन र मुढा छापमा मतदान गर्न सिन्धुलीवासीको आग्रह छ ।

फागुन २१ निर्वाचनको मिति नजिकिँदैगर्दा यतिबेला सिन्धुलीका नेकपाका नेता, समर्थक र सचेत मतदाताले २०६४ को निर्वाचनको स्मरण गरिहरका छन् । त्यतिबेला तत्कालीन नेकपा माओवादीका उम्मेदवार लीलामणी पोखरेललाई जनयुद्धका सहीद शेरमान कुँवरकी पत्नी निरु कुमारी कुँवरले पराजित गरेकी थिइन् । त्यो बेला नेता पोखरेललाई टिकट दिएपछि निरुले बागी उम्मेदवारी दिएकी थिइन् । उनको बागी (विद्रोही) उम्मेदवारीले सहीद पत्नीलाई विजयी गराएको थियो । यसकारण अहिले पनि महेश्वर पक्षले यो तथ्यलाई बलियो ढंगले पेश गरिरहेको छ र जनतालाई यो तथ्य बुझाइरहेका छन्, स्मरण गराइरहेका छन् । अहिले पनि सिन्धुलीमा यहि स्थिति सिर्जना भएको छ । आफूहरुको पक्षमा परिणाम आउने दाबी महेश्वर दाहाल, हरिवोल गजुरेल, पानीराज बोम्जन, बसन्त माझी, दीर्घराज श्रेष्ठ र जनयुद्धका समग्र शहीद, बेपत्ता र घाइते योद्धाका परिवारको मात्र होइन, देशभरका वामपन्थीहरुको विश्लेषण छ । उनीहरु भन्छन्, ‘यसपालि सिन्धुलीमा इतिहास दोहोरिनेवाला छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार