बुधबार, माघ २८ २०८२
काठमाडौं । गिनिज पब्लिक सेकेण्डरी स्कुलले शुक्रबार र शनिबार गरी दुई दिन बिद्यालयको आफ्नै प्राङ्गण सानो बाइपास, तारकेश्वर ६ काठमाडौंमा ३१ औं अभिभावक दिवस तथा मेघा ट्यालेन्ट हन्ट भव्यताकासाथ सम्पन्न गरेको छ ।
तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनको प्रमुख आतिथ्यता तथा बरिस्ठ सदावहार गायीका कुन्ती मोक्तानको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा ७०० जना भन्दा बढी अभिभावक तथा ६०० जना भन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।
विद्यालय व्यवस्स्थापन समितिका अध्यक्ष नारायण रिजालको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयको तर्फबाट शैक्षिक निर्देशक सुजन बाबु भट्टले स्वागत मन्तब्य, प्रधानाध्यापक हरि प्रसाद गोतामेले बिद्यालयको वार्षिक प्रगति प्रतिवेदन र संचालक समितिका अध्यक्ष राजन गोतामेले विद्यालयको नीति कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
शिक्षक जनक ढकाल र शिक्षिका एन्जिला लामिछानेसहित विद्यार्थी भाइबहिनीहरुको संचालनमा सम्पन्न दुई दिने कार्यक्रममा मेघा ट्यालेन्ट हन्टको अलावा पी जी देखि १० कक्षा सम्मका विद्यार्थीहरुको तीन दर्जन बढी नृत्य, संगीत, प्रहसन, उद्घोषण ,कराँते शो, राष्ट्रिय सेवा दलको परेड सो प्रस्तुत गरिएको थियो
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले उपस्थित अभिभावकहरुलाई आफ्ना बालबालिकाको लागि निर्धक्क शिक्षामा लगानी गर्न प्रोत्साहित गर्दै आफू नगरपालिका भरिकै शैक्षिकस्तर अझै वृद्धि गर्न लागि परेको बताउनुभयो । साथै कार्यक्रमका विशिष्ट अतिथिको आसनबाट बोल्दै तारकेश्वर नगर प्याब्सनका अध्यक्ष गोपाल बुढाथोकीले उपस्थित अविभावकहरुलाई गिनिज विद्यालय चयन गरी आफ्ना बाबु नानीहरुलाई अध्यापन गराउनु भएकोमा धन्यवाद दिँदै विद्यालयको र कार्यक्रमको प्रगतिको शुभकामना दिनुभयो ।
कार्यक्रममा तारकेश्वर एजुकेसन फोरमका अध्यक्ष अवसर पौडेल, अभिभावक आशिष घिमिरे, पूर्वविद्यार्थी आशिष तिमिल्सिना लगाएतले शुभकामना मन्तब्य दिनुभएको थियो । कार्यक्रममा बरिस्ठ सदाबहार गायीका कुन्ती मोक्तान र गायक रमेश पाठकको प्रस्तुतिसंगै अभिभावक र विद्यार्थी झुमेका थिए ।
विद्यालयको तर्फबाट राष्ट्रिय, अन्तरास्ट्रिय, नगरपालिका स्तरीय, अन्तर सदनात्मक प्रतियोगिता लगाएत, विभिन्न प्रतिस्पर्धा र विधाका बिजेता ५५६ भन्दा बढी विधार्थीलाई ट्रफी, पदक र सम्मान वितरणकासाथै मेघा ट्यालेन्ट हन्टका सबै विधहरुका बिजेता, सह बिजेता र उप बिजेताहरुलाई ट्रफी, रिबन र प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा मन्टेश्वरी ट्यालेन्ट हन्ट अन्तर्गत विभिन्न १६ जना यु के जी का छात्र, छात्राहरुले फरक फरक उपाधि प्राप्त गरेका थिए । जस अन्तर्गत सयुरा तामाङले बेस्ट क्याटवाक, सुदिन तिमिल्सिनाले द पोलाइट पार्टीसीपेन्ट, सयेरा बिन्दुकारले द निट एण्ड टाइडी च्याम्पियन, प्रणव उप्रेतीले द जोयफुल लर्नर , सुमिता तामाङले द चीयर्फुल च्यालेन्जर, इभान सुनारले द एनेर्जेटिक प्रेजेन्टर, दीपशिखा बिस्टले द फ्रेण्डली फेस, कृष्ण बलामीले द जेन्टल लीडर, सेलिना श्रेष्ठले द फेशन आइकोन, किशोर श्रेष्ठले द एलेगेंट पर्फोर्मर, सारिका सेनचुरीले द करेजिअस स्पिरिट, अनमोल बुढाले द इगर लर्नर, उत्तमा तामाङले द कुइक लर्नर, डेविड राना मगरले द कन्फिड़ेन्ट कम्युनिकेटर, आहना महर्जनले द क्रीअटिभ जेनस, बिनय खत्रीले द काइन्डनेस अमंबासडर उपाधि प्राप्त गरेका थिए ।
सम्बन्धित विधामा ख्यातिप्राप्त बाह्य निर्णायकहरुद्वारा ११८ जना अन्तिम प्रतियोगीहरु मध्येबाट जुनियर तर्फ २४ जना र सिनियर तर्फ २४ जनाले विभिन्न उपाधि चुम्न सफल भएका थिए । जुनियरतर्फ जुनियर आर्टिस्टमा प्रबेष श्रेष्ठ बिजेता, प्रसंशा नकर्मी सह बिजेता र आभाष के सी उपबिजेता, जुनियर न्युज एंकरमा शान्भी शर्मा बिजेता, यन्जी घले सह बिजेता, र मुन्सून रिजाल उप बिजेता, जुनियर पब्लिक स्पिकरमा स्मृति राई बिजेता, शान्भी शर्मा सह बिजेता र आरुषी लामिछाने उप बिजेता भए । जुनियर क्रियटिभ आइकोनमा आशिर्वाद अर्याल बिजेता, प्रज्ना उप्रेती सह बिजेता र दाउद सिंह लो उप बिजेता, जुनियर एक्टिङ स्टारमा सुमिना लामा बिजेता, संस्कार तिमिल्सिना सह बिजेता र द्रिशंत फुयाल उप बिजेता, जुनियर सिंगरमा मिन्ग्मार तामाङ बिजेता, उर्वशी गुरुङ सह बिजेता र सुयोग्या देवकोटा उप बिजेता, जुनियर डान्सरमा सुमिना लामा बिजेता, ट्वीन्कल गुरुङ सह बिजेता र अनुस्का तामाङले उप बिजेता, र जुनियर म्युजिसियनमा अविक महर्जन बिजेता, सिम्सोन सुनार सह बिजेता र त्रिसम न्यौपाने उप बिजेता घोषित भएका थिए ।
सिनीयरतर्फ भने सिनियर आर्टिस्टमा सिमा लामिछाने बिजेता, अबिगेल तामाङले सह बिजेता र अरिना खड्का उप बिजेता भए । त्यसैगरीस् सिनियर न्युज एङ्करमा सुप्रिमा लामा बिजेता, सिमा लामिछाने सह बिजेता र आकृती रुपाखेती उप बिजेता, सिनियर पब्लिक स्पिकरमा लक्ष्मी तामाङले बिजेता, उत्कर्ष घिमिरे सह बिजेता र परिश्मा श्रेष्ठ उप बिजेता, सिनियर क्रियटिभ आइकोनमा परिश्मा श्रेष्ठ बिजेता, उत्कर्ष घिमिरे सह बिजेता, र सुम्निषा लिम्बु उप बिजेता, सिनियर एक्टिंग स्टारमा कृषि थापा बिजेता, आयुष घिमिरे सह बिजेता र सज्जन खतिवडा उप बिजेता, सिनियर सिंगरमा श्रीबिद् तिमिल्सिना बिजेता, सोनाली गुरुङ सह बिजेता र अविगेल तामांग उप बिजेता, सिनियर डान्सरमा सम्झना थापा मगर बिजेता, सोफिया महर्जन सह बिजेता र प्रदिन्षा तामाङ उप बिजेता र सिनियर म्युजिसियनमा अविक महर्जन बिजेता, सोमराज महर्जन सह बिजेता र रोहन तामाङ उप बिजेता घोषित भई उपाधि कब्जा गरे ।
कार्यक्रमका निर्णायकहरुमा संगीत र गायनमा बरिस्ठ सदाबहार गायीका कुन्ती मोक्तान र रमेश पाठक, नाटकमा बरिस्ठ नाट्य निर्देशक सन्दीप डंगोल, आर्टम़ा चित्रकार श्री नर बहादुर बि के, साहित्य सिर्जनामा लेखक श्री केसरी अम्गाई, समाचार बाचन र भासणकलाका निर्देशक हिमाल बस्नेत, नृत्यमा बरिस्ठ नृत्य निर्देशक कमल राई र कृष्ण रसाल रहनु भएको थियो ।
साथै सो कार्यक्रममा उत्कृस्ट गिनिज वर्ष बिधार्थी सम्मानबाट लाक्पा छेवांग तामाङ, उत्कृस्ट गिनिज वर्ष खेलाडी विधार्थी सम्मानबाट सक्षम थापा, गिनिज पुर्वविद्यार्थी छात्रवृत्ति सम्मानबाट छात्रवृत्ति सहित लक्ष्मी तामाङ, उत्कृस्ठ गिनिज वर्ष शिक्षक सम्मानबाट शिक्षिका झरना सारु मगर र उत्कृस्ठ गिनिज वर्ष कर्मचारी सम्मानबाट जानुका अमगाईलाई सम्मानित गरिएको थियो ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij