इमरान खान
कपिलवस्तु : नेपाली काँग्रेस कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ (ख) का उम्मेदवार अतहर कमाल मुसलमानले आफ्नो ईमान्दारिता, गरिब, असाहय र क्षेत्रबासी तथा जनताहरुको छवीकै कारण निर्वाचन पनि जित्ने र मन्त्री पनि बन्ने समेत दाबी गरेका छन । नेपाली काँग्रेस कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) क्षेत्रिय समितिले मायादेवी गाउँपालिकाको पकडी, गाउँपालिका हलमा आयोजना गरेको कार्यकर्ता भेला, छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा भनेका हुन ।
गत बर्ष ओपन हर्ट सर्जरी (Open Heart Serjury) गरेको तेस्रो दिन आफु निक्कै गम्भिर अवस्थामा पुगेको स्मरण गर्दै उनले भने “म सायद आज तपाईहरु बिचमा नहुन पनि सक्थे तर सबै नेपाली जनताहरु, कपिलवस्तु जिल्ला तथा नागरिकको आर्शिवाद, मेरो सत्कर्म, निष्ठा र ईमान्दारिताका कारण मैले जिवन दान पाएको छु । मृत्यु बाट फर्किएको मलाई मेरो ईमान्दारीताका कारण गलत व्यक्तिहरु सँग कुनै डर लाग्दैन । सबैको आर्शिवादको गुन चुनावमा जितेर क्षेत्रको बिकास गरेर तिर्छु ।”
संबिधानसभा सदस्य समेत रहेका कमालले आफुले २०७० सालमा स्वतन्त्र निर्वाचनमा जितेर गएको भए पनि मन्त्री सम्मको अवसर आउदाँ पार्टीकै निष्ठामा कायम रहेको ईमान्दार छवीकै कारण पार्टी सभापति गगन थापाले आफुलाई टिकट दिएर उम्मेदवार बनाएको उनले बताए । आफुले निर्वाचन पनि जित्ने र ईमान्दार छवीकै कारण सभापति गगन थापाको नेतृत्वमा बन्ने मन्त्री परिषदमा मन्त्री बन्नेमा उनले आम कार्यकर्ताहरुलाई ढुक्क बनाए ।

२०४८ साल देखी कुनै बिकासको मुख नदेखेको सो क्षेत्रमा आफुले पुर्वाधार, सिचाई, स्वास्थ्यका क्षेत्रमा बिकास कार्य गरेको उनले बताए । आफु र त्यस पछि पुर्व प्रदेश भौतिक योजना मन्त्री रहेका काँग्रेस नेता सहसराम यादवले प्राथमिकताका साथ गरेको बिकासका कारण सो क्षेत्रका आम मतदाताले आफुलाई न्याय गर्नेमा ढुक्क रहेको उनले बताए । २०७० सालमा म स्वतन्त्र लडेकोमा अग्रज नेता राजेश आचार्य सँग क्षमा याचना गरिसकेको छु । अहिले म, सहसराम यादव जी र राजेश आचार्य जी एकै ठाँउमा छौं । यो धर्मयुद्धमा हामी सत्य र ईमान्दारीताका पक्षका हौं,उनले भने । क्षेत्रको बिकास निर्माण मात्रै नभई गरिब, असहाय तथा बिपन्नहरुका लागी आफुले सामाजिक क्षेत्रबाट सहयोग गरेको बिषय कसै सामु नलुकेको उनले प्रष्ट्याए र त्यहाँ उपस्थित आम जनसमुदायहरुले स्वीकार पनि गरे । निर्वाचनका सन्दर्भमा उनले अब मतदानको फागुन २१ गतेको समय सिमा टाढा भएको जनाउदै माघ २१ मै चुनाव भए पनि परिणाम काँग्रेसकै पक्षमा आउने उनले दावी गरे । “मत परिणाम कै कुरा गर्ने हो भने आधा बढिमा अर्थात ७०,८०% म हुन्छु आधामा बाँकी उम्मेदवारहरु रहने छन । हाम्रो ईमान्दारीको मुल्याङ्कन अवश्य हुन्छ त्यही भएर ढुक्क निर्वाचनको तयारीमा लाग्नुस उनले कार्यकर्तालाई आश्वस्त पार्दै भने ।
देशमा लोकतन्त्र र सबैको अधिकारको संरक्षणका लागी जिल्लाका तिनवटै निर्वाचन क्षेत्र र देशभरमै नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउन पुर्व पार्टी सभापति तथा लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले आग्रह गरेका छन । जिल्लाका तिन वटै निर्वाचन क्षेत्रका पार्टी उम्मेदवारहरुलाई जिताउन सबै नेता कार्यकर्ता लाग्न पार्टीका जिल्ला सभापति अब्दुल कलामले सबैमा अपिल गरेका थिए । क्षेत्रको बिकासमा नेपाली काग्रेँसले योगदान गर्दै आएका बेला आफुलाई निर्वाचन हराउन लाग्नेहरुलाई चिनेर त्यसको हिसाब किताब स्वरुप पार्टी नेता अतहर कमाललाई जिताउन काग्रेँसका सम्पुर्ण नेता तथा पुर्व प्रदेशमन्त्री सहसराम यादवले सबैलाई समेत आग्रह गरेका थिए । “अतहर जि र मैले गरेको बिकास काम यो क्षेत्रका जनताले देखेका छन । बाँकी रहेका बिकास काम पुरा गर्न कुनै पनि प्रकारको भ्रममा नपरी नेता अतहर कमाललाई जिताउन आवश्यक छ ।
उनले भने । आफु बिरुद्ध स्वतन्त्र लडेर पनि ईमान्दारीता पुर्वक बिकास गरेका कारण आफुले नै यस पटक हामी एक ठाँउमा भएको सन्देश सहित अतहर कमाललाई टिकट दिलाउन लागेको स्मरण गर्दै पुर्व पार्टी सभापति राजेश आचार्यले सबै कार्यकर्ताले काँग्रेसलाई जिताएर हिजोको बिकास कार्यलाई सदर गर्नु पर्ने बताए । “सबै भन्दा पुरानो नेता त म हुँ । मैले मलाई अन्याय भयो भनेको छैन ।
२०४८ साल देखी नै निरन्तर महाधिबेशन प्रतिनिधी बन्दै आएको छु । एक पटक महाधिबेशन प्रतिनिधी भएको मान्छेले समय छदै टिकट पाईन, मलाई अन्याय भयो भन्न मिल्दैन ?” आचार्यले प्रतिप्रश्न गरे । केहि व्यक्तिले स्वतन्त्र उम्मेदवारी दिएर काँग्रेस भएको भ्रम फिजाएको बताउदै उनले भने “अग्रज नेता हुनुहुन्छ । कोठामा बसेर धेरै फोन न नचाउनुस, कार्यकर्तालाई भ्रममा नपार्नुस । समय छ, काँग्रेसका उम्मेदवारहरुलाई जिताउन लागौं ।” आचार्यले नेता दिपकुमार उपाध्यायलाई लक्षित गर्दै भनेका थिए । कार्यक्रममा पार्टी नेता ललित गूरुङ्ग, रामआशिष पाण्डेय, शोहरत तेली, बिश्वम्भर कुर्मी, वजिह अरसद, पार्टी निर्वाचन क्षेत्र नम्बर २ (ख) का सभापति तथा गाउँपालिका अध्यक्ष वलीउद्दिन मुसलमान लगायतले गगन थापाको नेतृत्वमा बहुमत पुग्नका लागी सबै निर्वाचन क्षेत्रका पार्टी उम्मेदवारहरुलाई जिताउन लाग्नु पर्ने बताएका थिए ।