शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

कलाकार रमेश दुलाल सम्मानित

शुक्रबार, माघ १६ २०८२

काठमाडौं । जीवजन्तुको दुरुस्त आवाज निकाल्न पोख्त कलाकार तथा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय उपाध्यक्ष रमेश दुलाल (कागे) सम्मानित भएका छन् । समानित हुनेहरुमा समाजसेवी कमल जिशी, अर्जुन भुसाल, मोहन बस्नेत लगायत बरिस्ठ डाक्टर चिकित्सक रहेका छन् ।
शुक्रबार ग्रीनसिटी अस्पतालको १३औँ वार्षिक उत्सवको विशेष कार्यक्रमकाबीच प्रमुख अतिथि टोखा नगर उप प्रमुख मुरारी तामाङ र अस्पतालका अध्यक्ष लोक बहादुर टण्डनले उनीहरुलाई सम्मान प्रदान गरेका हुन् ।

सम्मानित दुलालले कागसहित हालसम्म १ सय ७३ प्रकारका जनावर र चराचुरुङ्गीका आवाजहरू नक्कली रूपमा निकाल्न सक्छन्। साथै, उनले मुखकै सहायताले मादल, सनाई, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा र गितारको धुन समेत प्रस्तुत गर्न सक्छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार