बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

भोजपुरमा बुवाआमाको पहिचान नभएकी सकुमायालाई नागरिकता प्रदान

बिहिबार, माघ १५ २०८२

टक्सार, भोजपुर, १५ माघः माइती नेपालको संरक्षणमा रही बुवा आमाको पहिचान हुन नसकेकी सुकुमाया गुरुङलाई जिल्ला प्रशासन कार्यालयले नागरिकता उपलब्ध गराएको छ ।
भोजपुरका प्रमुख जिल्ला अधिकारी राजन पौडेलले जिल्ला प्रशासन कार्यालयमा गुरुङलाई नागरिकता प्रदान गर्नुभयो । जिल्ला प्रशासन कार्यालयका अनुसार सकुमायालाई ०९–०१–८२–०३५५९ नम्बरको नागरिकताको प्रमाणपत्र दिइएको हो । भोजपुरको साल्पासिलिछो गाउँपालिका– ६ उहाँको स्थायी बासस्थान रहेको छ ।
नागरिकता नहुदाँ समस्यामा रहेकी सुकमायालाई नागरिकता प्रदान गरेपछि राज्यले दिने सेवा सुविधा लिन सहज भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार