शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

सम्पादक बगाले आईजिपी कार्कीको हातबाट सम्मानित

शनिबार, माघ १० २०८२

काठमाडौं । पत्रकारिता क्षेत्रमार्फत कलाकारको हकहित, अधिकार तथा नेपाली संस्कृति संरक्षणमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले सम्मानित भएका छन्।
राष्ट्रिय संगीतकर्मी संघ, केन्द्रीय कार्यसमितीले बगालेलाई विशेष सम्मान प्रदान गरेको हो। उक्त सम्मान नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीको हातबाट प्रदान गरिएको थियो।
आयोजक संस्थाका अनुसार बगालेले करिब २५ वर्षदेखि पत्रकारितामार्फत कलाकारको हकहित, पेशागत अधिकार, सामाजिक न्याय तथा सांस्कृतिक संरक्षणका विषयमा निरन्तर कलम चलाउँदै आएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान प्रदान गरिएको हो। उनले सञ्चार माध्यममार्फत कलाकार, स्रष्टा तथा संगीतकर्मीका समस्या, आवाज र उपलब्धिलाई प्राथमिकताका साथ उजागर गर्दै आएका छन्।
राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष प्रकाश कटुवालले पत्रकार बगालेको पत्रकारिता केवल समाचार सम्प्रेषणमा सीमित नरही कलाकार र समाजबीच सेतुको रूपमा रहेको उल्लेख गरे। कलाकारको पेशागत सुरक्षा, सम्मान र अधिकारका विषयमा उनले देखाएको निरन्तर सक्रियता अनुकरणीय रहेको संघको भनाइ थियो।
सम्मान ग्रहण गर्दै सम्पादक रामजी बगालेले राष्ट्रिय संगीतकर्मी संघप्रति आभार व्यक्त गर्दै कलाकार र स्रष्टाको पक्षमा सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारिता निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले नेपाली संगीत र सांस्कृतिक क्षेत्रका मुद्दालाई आफुले सधैं प्राथमिकतामा राख्ने बताए।
उक्त कार्यक्रममा संघका पदाधिकारी, कलाकार, समाजसेवी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
राष्ट्रिय संगीतकर्मी संघले पत्रकारिता, संस्कृति तथा समाजका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूको सम्मान गर्दै कलाकार र सञ्चारकर्मीबीच सहकार्यलाई अझ सुदृढ बनाउँदै जाने जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार