सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

पत्रकार मनऋषि धितालले जुम्लामा प्रलोपाबाट उम्मेदवारी दर्ता गराए

मंगलबार, माघ ६ २०८२

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार मनऋषि धितालले जुम्लाबाट उम्मेदवारी दर्ता गराएका छन् । उनले केहीबेर अघि निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा मनबहादुर नेपाली र समर्थकमा नारायणदत्त भट्ट छन् ।

सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाले क्रम संख्या दुईमा धितालको उम्मेदवारी दर्ता भएको जानकारी दिए ।

तत्कालीन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य धितालले प्रचण्डको साथ छोडेर जनार्दन शर्माको साथ रोजेका थिए । युद्धकालदेखि नै माओवादी केन्द्रमा सक्रिय धिताल जनयुद्धसँग सम्बन्धित एक दर्जन पुस्तकहरुका लेखक पनि हुन् । उनी पत्रकार हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार